PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साइत हेरेर किरण केसीले सार्वजनिक गरे 'दाल भात तरकारी'बोलको गीत भन्छन् 'फिल्ममा आँशु छैन, हाँसो छ'



पहिलोपोस्ट

साइत हेरेर किरण केसीले सार्वजनिक गरे 'दाल भात तरकारी'बोलको गीत भन्छन् 'फिल्ममा आँशु छैन, हाँसो छ'

काठमाडौं:  फिल्म 'दाल भात तरकारी'को टाइटल गीत सार्वजनिक भएको छ। फिल्मका प्रस्तुतकर्ता किरण केसीले शुभ साइत हेरेर फिल्मको गीत सार्वजनिक गरेका हुन्।

गीत रिलिज कार्यक्रममा संचालक नरेश भट्टराई भन्दै थिए 'कार्यक्रम सुरु गरौं'। किरणले भनिहाले 'साइत गइसक्यो छिटो सुरु गरौं'। किरणले फिल्म घोषणादेखि छायाँकनमा जानुअघि सबै काम साइत हेरेर नै गरेका हुन्। 

'दाल भात तरकारी'लाई उनकैका छोरा सुदन केसीले निर्देशन गरेका हुन्। सर्वजनिक 'दाल भात तरकारी'बोलको गीतमा भने राजेश पायल राई र इस्मिता दाहालको स्वर छ। इस्मिता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्। गीतको भिडियोमा फिल्मका कलाकार हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा र पुष्प खड्का फिचर्ड छन्।

बैशाख १३ मा प्रदर्शन गर्ने भनिएको फिल्म अब बैशाख २० मा रिलिज हुने बताइएको छ। भिएफएक्सको काम सकिन समय लाग्ने भएकाले एक सातापछि रिलिज टार्गेट गरेको बताइयो। फिल्मबारे किरणले भने 'फिल्ममा आँशु छैन, हाँसो छ।' फिल्मलाई लिएर हरिवंश निकै आशावादी छन्। 'मुटु ढुकढुक भइरहेको छ। फिल्म बनाउनु जाँच दिनु जस्तै हुने रहेछ। रिजल्ट बैशाख २० मा थाह हुनेछ।'

फिल्ममा ११ जना निर्माताहरु छन्। रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग कुँवर, शिशिर वांग्देल, विल्सन विक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली फिल्मका निर्माताहरु हुन्।

फिल्ममा हरिवंश, निरुता, पुष्प र आँचलसँगै  मदन कृष्ण श्रेष्ठ, स्वस्तिमा खड्का, वर्षा राउत, प्रियांका कार्की, किरण केसी, विल्सन विक्रम राई लगायतको अभिनय रहनेछ। फिल्ममा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको सिनेम्याटोग्राफी, हरिवंश आचार्यको संवाद/पटकथा रहनेछ। कमेडी जेनरमा बनेको फिल्म मह संचारको यो तेस्रो फिल्म हो।  



 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell