PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'माया बस्यो लै लै'मा कभर भिडियो प्रतियोगिता



पहिलोपोस्ट

 'माया बस्यो लै लै'मा कभर भिडियो प्रतियोगिता

काठमाडौं: पछिल्लो समय 'बुगीवुगी' विजेता कविता नेपाली म्यूजिक भिडियो गर्न व्यस्त छिन्। भिडियोको कोरियोग्राफीमा व्यस्त अर्का कलाकार हुन् सुनिल क्षेत्री। डान्स इन्डिया डान्सबाट चर्चामा आएका सुनिल पनि म्यूजिक भिडियोमै व्यस्त छन्।

अहिले यी दुई कलाकार एउटै म्यूजिक भिडियोमा अभिनय गरेका छन्। नरेश जोगीले गाएको 'माया बस्यो लै लै'बोलको गीतमा उनी दुई फिचर्ड छन्।  गीतमा गायिका शिक्षा ढुंगेलको पनि स्वर छ।

नरेशको शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्यूजिक एरेन्ज छ। गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्। गीतको निर्माण युनिटले कभर भिडियो प्रतियोगिताको घोषणा पनि गरेका छन्। कभर भिडियोमा प्रथम हुनेलाई दुई लाख रुपैयाँ र दोश्रो हुनेलाई एक लाख रुपैयाँ दिइने गायक नरेशले बताए।

टिकटक भिडियो बनाउने विजेतालाई भने ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell