PahiloPost

Mar 24, 2019 | १० चैत्र २०७५

रोहित पौडेलको कप्तानीमा यू-१९ टोली घोषणा


पहिलोपोस्ट

रोहित पौडेलको कप्तानीमा यू-१९ टोली घोषणा

काठमाडौँ : सिनियर टोलीका नियमित सदस्य रहिसकेका रोहित कुमार पौडेलको कप्तानीमा आइसीसी यू-१९ क्रिकेट वर्ल्ड कप क्वालिफायर एसियाको लागि नेपाली टोली घोषित भएको छ।

प्रारम्भिक टोली घोषणामा यसअघिका कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै टोली घोषणा भएको हो।

१८ सदस्यीय प्रारम्भिक टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका रोहितसँगै, सन्दिप जोरा, पवन सर्राफ जस्ता खेलाडी छन्। यस्तै राष्ट्रिय टिममा परेका भिम शार्की पनि टोलीमा रहेका छन्।

'रोहित त्यस्ता खेलाडी हुन्, जो सँग क्षमता मात्र होइन सिचुएसन ह्यान्डल गर्ने क्षमता छ, अरुबाट रेस्पेक्ट पनि पाउँछन् र भविष्यका लागि स्टार खेलाडी हुन्।' प्रशिक्षक दासले १८ सदस्यीय टोली घोषणा हुनुअघि भनेका थिए।

१८ सदस्यीय टोली वर्ल्ड कप क्वालिफायरको तयारीका लागि भारत जाने र त्यसपछि १४ सदस्यी अन्तिम टोली घोषणा हुने यू-१९ टिमका मुख्य प्रशिक्षक विनोद दासले बताएका छन्। यू १९ टोलीका लागि क्याम्पमा आएका ५२ खेलाडीबाट १८ खेलाडी छानिएको दासले बताए।

यू-१९ वर्ल्डकपको एसियन क्वालिफायर अप्रिल १० देखि २० सम्म मलेसियामा हुँदैछ।

त्यसैको तयारीका लागि नेपाली युवा टोली शनिवार भारत प्रस्थान गर्नेछन्।

यस्तै टोलीसँगै फिजियोमा विनोद न्यौपाने र एनालिस्ट सुरज रत्न शाक्य पनि भारत जानेछन्।

भारतमा नेपाली टोलीलाई ब्याटिङ कन्सलटेन्टमा अपूर्व देसाई र ट्रेनरका रुपमा सुवास पात्रोले सहयोग गर्नेछन्।

नेपालले भारतमा रहँदा आन्द्र प्रदेश क्रिकेट टिमसँग ४ अध्यास खेल खेल्ने प्रशिक्षक विनोद दासले जानकारी दिएका छन्।

१८ सदस्यीय नेपाली टोली:
 रोहित पौडेल, आशिफ सेख, पवन सर्राफ, सन्दिप जोरा, भीम सार्की, रवीकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सुर्य तामाङ, लोकेश बम, शेर मल्ल



रोहित पौडेलको कप्तानीमा यू-१९ टोली घोषणा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट