PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारत-पाक तनाव: किन केही भूमिका निर्वाह गर्न सक्दैन सार्क?



भारत-पाक तनाव: किन केही भूमिका निर्वाह गर्न सक्दैन सार्क?

  • के य्होम

पुलवामा आतंकवादी हमलासँगै भारत र पाकिस्तानबीच बढ्दै गइरहेको तनावको बीचमा नेपालले आफ्नो प्रतिक्रिया दिएर दुबै छिमेकी देशहरुले संयमता अपनाउन अनुरोध गर्‍यो। नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष हो। दक्षिण एसिया र यस क्षेत्रमा संघर्ष बढ्दै जाँदा शान्ति स्थापनामा सार्कको भूमिका नगन्य देखिँदा नेपालको यो वक्तव्य महत्तवपूर्ण हो।

सार्कको यस क्षेत्रको सहयोग आदान प्रदनाका विषयमा असफलताको पछाडि भारत र पाकिस्तानबीचको कहिल्यै नसकिने कटुता प्रमुख कारण हो।

लामो समयदेखि भारत र पाकिस्तानबीच चलिरहेको शक्ति संघर्षले दक्षिण एसियाको सुरक्षा व्यवस्था प्रभावित गर्दै आएको छ। सदस्य देशहरुबीचको संघर्षमा यसलाई कम गर्नका लागि सार्कले कुनै पनि भूमिका खेल्न सकेको छैन। त्यति मात्र होइन् संकटको समयमा दुरी झन् बढ्दै गएको छ। अर्को कुरा सार्क चार्टरले विवादित द्विपक्षीय मामिलामा चर्चा गर्नसमेत रोक लगाउँछ।

यही सन्दर्भमा क्षेत्रीय ब्लक भारत र पाकिस्तानको बीचमा जारी संकटमा कुनै सार्क भूमिका सार्कले नभाउन सकेको छैन। जबकि नेपालको वक्तव्यले एउटा प्रश्न भने उठाएको छ। पुलवामा घटनापछिका घटना क्रमलाई क्षेत्रीय देशहरुले कुन दृष्टिकोणले हेरेका छन्? यसका अलावा के सार्क शान्ति सुरक्षा बढाउन आफ्नो रजनल गुड्सको परिकल्पनालाई अगाडि बढाउन सक्छ?

सार्कका सदस्य देशहरुले सबैभन्दा पहिले पुलवामा हमलाको निन्दा गरे। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी आतंकवादी हमलाको निन्दा गरेका थिए। त्यस्तै नेपालको परराष्ट्र मन्त्रालयले घटनालाई जघन्य अपराध भन्दै निन्दा गरेको थियो।

श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमासिंघेले ट्वीट गर्दै नरसंहारकारी हमलाको निन्दा गरे। मालद्वीभ्सका विदेशमन्त्री अब्दुल्ला शाहीदले विदेशमन्त्री सुस्मा स्वराजलाई पत्र लेख्दै घटनाको निन्दा गरे। साथमा आतंकवादविरुद्ध भारतको साथमा रहेको सन्देश पठाए। भूटानका विदेशमन्त्रीले पनि यसको निन्दा गर्दै भारत सरकारको साथमा रहेको जनाए। अफगानस्तानले पनि आतंकवाद साझा दुस्मन भएको भन्दै एकापसमा मिलेर लड्नुपर्ने बतायो।

पुलवामा हमालासँगै एक अर्काका लडाकु विमान खसाले। तनावलाई थप बढ्दै गयो। यसले क्षेत्रीय शान्ति र यस क्षेत्रको स्थायित्वमा प्रश्न र चिन्तासमेत थप्यो।

सार्कको अध्यक्ष नेपालले भारत र पाकिस्तानलाई संयमता अपनाउँदै क्षेत्रीय शान्ति र सुरक्षामा असर पार्ने कुनै पनि कदम नउठाउन आग्रह गर्‍यो। नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा दुबै देश तनाब कम गर्दै अवस्थालाई सामान्य बनाउन शान्तिपूर्ण संवादबाट खोज्न आग्रह गरिएको छ। वक्तव्यमा क्षेत्रीय शान्ति र स्थायित्वमासमेत जोड दिइएको छ।

शार्कका अन्य सदस्य देशहरुले पनि नेपालको चिन्तालाई दोहोर्‍याएका छन्। श्रीलंकाको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा दक्षिण एशियाको शान्ति र सुरक्षाका लागि भारत र  पाकिस्तानले शान्ति पूर्ण संवादलाई अगाडि बढाउन आग्र गरिएको छ। त्यस्तै मालद्विभ्सले पनि कुटनीतिक तरिकाले संवाद गरी समस्याको समाधान गर्न अनुरोध गरेको छ।

यसप्रति संघर्षरत पक्ष भारत र पाकिस्तानलाई क्षेत्रीय भूमिकालाई आवश्यकता नहोला तर पनि यो संकटमा क्षेत्रीय चासोलाई ध्यान दिन भने जरुरी छ।

भारत र पाकिस्तानबीचको जारी संकटमा क्षेत्रीय संगठनको कुनै किसिमको भूमिकाको प्रस्ताव राखिएको छैन। यद्यपि जब संघर्ष संगठनका दुई शक्तिशाली देशबीच चल्छ त्यतिवेला यसको आवश्यकता हुन्छ।

जबकि क्षेत्रीय संगठन हुनुको नाताले आतंकवादको सामाना गर्ने मामिलामा सार्कले सक्रियता अपनाउनु आवश्यकता थियो। सार्कले पनि सदस्य राष्ट्रहरुकले जस्तै आवाज उठाउनुपर्थ्यो तर हुन सकेन्। नेपालले पनि सार्कको हैसियतले भन्दा पनि छिमेकीको नाताले वक्तव्य जारी गरेको थियो।

यस्तो कदम सार्कको सैदान्तिक दृष्टिकोणबाट पनि हुनुपर्थ्यो। जुन नोभेम्बर २०१४ मा काठमाडौंमा आयोजित शिखर सम्मेलनमा समेत ध्यान दिइएको थियो। सम्मेलनमा सार्क देशका नेताहरुले आतंकवाद र हिंस्रक उग्रवादका सबै स्वरुपको स्पष्ट रुपमा निन्दा गरेको थियो। साथै यससँग लड्न सबै सदस्य देशहरुबीच प्रभावपूर्ण सहयोगको आवश्यकतामा जोड दिइएको थियो।

यतिमात्र होइन २०१६ मा उरी हमालापछि सार्कका चार सदस्यले सार्क शिखर सम्मेलनको बहिस्कार गरेका थिए। आतंकवादसँग लड्न अधिकांश  सदस्य राष्ट्रहरुले जारी गर्ने वक्तव्यले सार्कको आतंकवादसँग लड्ने सिद्धान्तलाई झल्काउँछ। यदी आतंकवादसँग लड्नेसहितका क्षेत्रीय सुरक्षाका सन्दर्भमा सार्कले एक योग्य पक्षको रुपमा आफूलाई उभ्याउन चाहन्छ भने उसले क्षेत्रीय सुरक्षा सहयोगको आधार तयार गर्न आवश्यक छ।

यद्पि पुलवामा घटनाको विषयलाई लिएर सार्कका अध्यक्षले वक्तव्य जारी गर्न धेरै ढिलाइ भइसकेको छ। तर, यस्तो अवस्थामा उसका उत्तराधिकारीहरुलाई नजिर तयार भने हुने छ। जसको अनुकरण भविष्यमा उनका उत्तराधिकारीले गर्ने छ। यदि सार्कले सफलता चाहन्छ भने यस्ता अवसरहरुबाट लाभ  उठाउन जरुरी छ।

क्षेत्रीय शान्ति र सुरक्षाको लागि खतरा बन्न सक्ने राष्ट्रहरुबीचको संघर्षमा क्षेत्रीय भूमिका निभाउन नसक्नुले क्षेत्रीय शान्ति र सुरक्षामा सार्कको भूमिका कति कम छ भन्ने स्पष्ट हुन्छ। क्षेत्रीय सुरक्षाको मामिलामा प्रभावकारी पक्ष बन्न सार्कले लामो यात्रा तयार गर्न आवश्यक छ। त्यस्तै भारत र पाकिस्तानको बारेमा नेपालको सरकारी पक्षले यसैको सुरुवात गरेको हो।

-अब्जर्भर रिसर्च फाउन्डेसनमा प्रकाशित सामाग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell