PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'मुलपानीमा दुई वर्ष भित्रमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ'



पहिलोपोस्ट

'मुलपानीमा दुई वर्ष भित्रमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ'

काठमाडौँ : सरकारले काठमाडौँको मुलपानीमा अबको २ वर्षभित्र ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्मपन्न गर्ने बताएको छ।

आइतवार आफ्नो एक वर्षे कार्यकालको उपलब्धीको बारेमा जानकारी दिन मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार विकले मुलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान २ वर्षमा बनाइसक्ने बताएका हुन्।

यस्तै मन्त्रि विकले नेपालमा हुने भनिएको १३औँ दक्षिण एसियाली खेल साग को लागि आवश्यक पूर्वाधार निर्माणको काम पनि तिव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए।

यस्तै यही चैत अन्तिमा प्रदेश नम्बर ५ को नेपालगन्जमा हुने भनिएको आठौँ बृहत राष्ट्रिय खेलकुदका लागि विभिन्न खेलसँग सम्बन्धित पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको पनि मन्त्री विकले बताए।

युवा तथा खेलकुद मन्त्रालयले पर्यटकीय खेल गन्तव्यहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण तथा उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य पनि सुरु गरेको छ ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयले नेपालमा रहेको विभिन्न पर्यटकीय खेल गन्तव्यहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गरिने पनि विकले बताए। खेल क्षेत्रको माध्यामबाट नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउन साहसिक खेलको प्रशिक्षण केन्द्र निर्माणको काम समेत अगाडि बढाइएको उनले बताए।

यस्तै मन्त्रि विकले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर र सात वटै प्रदेशमा आधुनिक सुविधा सम्पन्न रङ्गशाला निर्माणको प्रकृया अगाडि बढिरहेको जानकारी दिए। साथै उनले ७५३ वटै स्थानीय तहमा दीर्घकालीन महत्वका खेलग्राम निर्माण गर्नका लागि खेल पूर्वाधार निर्माण सम्बन्धी कार्यविधी मन्त्रिपरिषद्को बैठकबाट पारित भई कार्यन्वयनमा आएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell