PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दक्षिण-दक्षिण साझेदार सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री भोलि अर्जेन्टिना जाँदै



दक्षिण-दक्षिण साझेदार सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री भोलि अर्जेन्टिना जाँदै
फाइल फोटो

काठमाडौं:  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली  भोलि सोमवार अर्जेन्टिना जाने भएका छन्। चैत ६ देखि ८ गतेसम्म अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा हुने संयुक्त राष्ट्र संघीय दक्षिण-दक्षिण साझेदार (साउथ साउथ कोअप्रेसन) सम्बन्धी दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने उनी त्यस तर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण साझेदारसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय अतिकम विकसित, भूपरिवेष्ठित, विकासोन्मुख साना टापु राष्ट्र (युएन ओएचआर एलएलएस) ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर हुन दक्षिण–दक्षिण र त्रिपक्षीय साझेदार प्रवर्द्धनका सन्दर्भमा आयोजना गर्ने छलफलमा मन्त्री ज्ञवालीले प्रमुख वक्ताका रुपमा पनि भाग लिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

मन्त्री अधिकारी चैत ७ गते अर्जेन्टिनाका विदेशमन्त्रीले एशियाली मुलुकका अधिकारीसँग आयोजना गर्ने उच्चस्तरीय संवाद कार्यक्रममा प्यानलिष्टको रुपमा सहभागी हुने छन्।

परराष्ट्र मन्त्री ज्ञवाली सम्मिलित सत्रमा पाराग्वेका मन्त्री तथा भूपेरिवेष्ठित राष्ट्रहरुकोसमूहको व्यूरो अध्यक्ष, इथियोपिया, जिम्बाबे, बोत्स्वाना र ताजाकिस्तानका मन्त्रीहरु सहभागी हुने छन्।

यो सत्रमा भौतिक पूर्वाधार, यातायात, उर्जा तथा सूचना प्रविधिका साथै भूपेरिवेष्ठित राष्ट्रहरुबीच प्रविधिको हस्तान्तरको विषयमा छलफल हुने छन्।

कसरी दक्षिण दक्षिण साझेदारले यी देशहरुबीच यातायात, पूर्वाधार तथा सञ्चारको विकासमा सहयोग पुग्छ भन्ने विषयमा प्रत्येक मन्त्रीले पाँच मिनेट धारणा राख्ने साउथ साउथ समिटको कार्यक्रम  तालिकामा उल्लेख छ।

त्यहाँ रहँदा उनले विभिन्न मुलुकका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारी सहभागी हुने छन्। मन्त्री ज्ञवाली चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell