PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भारत गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन



भारत गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन
फोटो : HINDUSTAN TIMES

गोवा: भारतको गोवा राज्यका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ।

६३ वर्षे पर्रिकरको निधनको सूचना भारतका राष्ट्रपति रामनाथ कोविंदले ट्वीटरमार्फत दिएका हुन्।

 


राष्ट्रपति कोविंदले पर्रिकर सार्वजनिक जीवनमा सत्यनिष्ठा र समर्पणको प्रतीक रहेको भन्दै उनले दृढ़ता र गरिमाका साथ क्यान्सरको सामना गरेको उल्लेख गरेका छन्।

यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले पर्रिकरलाई 'आधुनिक गोवाका निर्माता' को संज्ञा दिँदै उनी रक्षामन्त्री रहेको बेला भारतको रक्षा क्षेत्रमा तुलनात्मक विकास भएको बताएका छन्।

यसअघि गोवाको मुख्यमन्त्री कार्यालयले पर्रिकरको स्वास्थ्य अवस्था निकै जटिल रहेको भन्दै चिकित्सकहरुले उपचार गरिरहेको बताएको थियो।

पर्रिकरलाई गत वर्षमात्रै प्यान्क्रियाटिक क्यान्सर भएको थियो। क्यान्सर भएपछि उनको स्वास्थ्य केही महिना यता बिग्रिदै गएको थियो। उनको भारतका विभिन्न अस्पताल र अमेरिकामा समेत उपचार भएको थियो।

तीनपटक गोवाका मुख्यमन्त्री बनेर पर्रिकरले २०१४ मा मोदी क्याबिनेटमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०१७ मा उनले गोवाको आवश्यकता भन्दै केन्द्रीय मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए। २०१७ मार्चमा उनी चौथौपटक गोवाका मुख्यमन्त्री बनेका थिए।

यस्तै पर्रिकरको निधनमा भारतीय जनता पार्टीका नेता कार्यकर्ता र विपक्षी नेताहरुले श्रद्धाञ्जली दिएका छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell