PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हङकङमा दुई रेल ठोकिँदा रेल सेवा प्रभावित



हङकङमा दुई रेल ठोकिँदा रेल सेवा प्रभावित
फोटो: MTR CORP/ CNA

हङकङ : हङकङमा दुई रेल एकआपसमा ठोकिएको छ।

दुवै रेलका चालकहरु घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। नयाँ सिग्नल सिस्टमको परीक्षणको क्रममा रहेका ती रेलहरुमा यात्रु नरहेकाले मानवीय क्षति नभएको बताइएको छ।

रेल दुर्घटनाका कारण हङकङका रेल सेवा प्रभावित भएको छ। एसियाकै आर्थिक हब मानिने हङकङको केन्द्र र अडमिरल्टी क्षेत्रमा करिब ६० लाख मानिसले प्रत्येक हप्ता रेलको प्रयोग गर्ने बताइएको छ।

रेलमार्गको निर्माण गर्न केही समय लाग्ने भएकाले आज दिनभर सो क्षेत्रको रेलसेवा प्रभावित हुने बताइएको छ। यात्रुहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।

 दुर्घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell