PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बोलेरोको ठक्करबाट एकको मृत्यु



बोलेरोको ठक्करबाट एकको मृत्यु

चितवनः पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

थापालाई ठक्कर दिने बोलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell