PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

असारबाट 'द भ्वाइस अफ नेपाल २', लक्ष्मण पौडेल भन्छन् 'कोचहरु परिवर्तन हुन्छ'



पहिलोपोस्ट

असारबाट 'द भ्वाइस अफ नेपाल २', लक्ष्मण पौडेल भन्छन् 'कोचहरु परिवर्तन हुन्छ'

काठमाडौं:  गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को दोस्रो संस्करण असारबाट प्रशारणमा आउने भएको छ। यो पटकको डिजिटल अडिसनमा १० हजार भन्दा बढी प्रतिस्पर्धीहरु सहभागी भएको सोका नेपाल निर्देशक लक्ष्मण पौडेल बताउँछन्। अडिसन चैत १० गतेसम्म हुनेछ।

इन्टर्नेटको सुविधा नभएकाहरुले फोनबाटै अडिसन दिने व्यवस्था मिलाइएको छ। देश विदेशमा रहेकाले भने 'भ्वाइस अफ नेपाल'को एप मार्फत गीत गाएर पठाउन सक्नेछन्।

हिमालय टेलिभिजनबाट प्रशारणमा आउने कार्यक्रमको समय पनि फेरिने बताइएको छ। पहिला ९ बजे प्रशारणमा ल्याएइको कार्यक्रम अब भने प्राइम टाइममा आउने निर्देशक पौडेलले बताए।

सुरुवातमा धेरै चुनौती रहेको बताउँदै अब कन्टेनमा फोकस हुने बताइएको छ। 'विगतमा संरचनाबाट नै सुरु भयो। स्टूडियो थिएन। चेयर पनि बन्छ कि बन्दैन भन्ने थाह थिएन। यसरी सुरु भयो,' उनले भने 'अब भने हामी कन्टेनमा फोकस हुन्छौं। दर्शकलाई कसरी खुशी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन्छौं।'

दोस्रो संस्कणमा चारजना कोचहरुमध्ये केहि परिवर्तन हुने जनाइएको छ। पहिलो संस्करणमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा कोच थिए। फम्यार्टमा पनि परिवर्तन हुने निर्देशक पौडेलले दाबी गरे।

उनले भने 'सोको फर्म्याट पोहोरको जस्तै गर्नुपर्छ भन्ने हुँदैन। यो प्रतिष्पर्धा भन्दा पनि प्रतिभा प्रस्फुटिकरण हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell