PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

जुट्रेक्ट 'ट्राम'मा आक्रमण: एक जनाको मृत्यु, आक्रमणकारी फरार



जुट्रेक्ट 'ट्राम'मा आक्रमण: एक जनाको मृत्यु, आक्रमणकारी फरार
फोटो: dailymail.co.uk

जुट्रेक्ट: नेदरल्यान्डको जुट्रेक्ट प्रान्तमा रहेका २४ ओकटोबर्पेलेइनमा चल्ने 'ट्राम' मा एक व्यक्तिले गोली चलाउँदा एक जनाको मृत्यु भएको डेली मेलले जनाएको छ। आक्रमणमा धेरै संख्यामा मानिसहरु घाइते भएको जनाइएको छ। 

शहरको पूर्वी क्षेत्रमा भएको आक्रमणपछि त्यहाँका विद्यालय, मस्जिद र व्यापारिक मलहरु बन्द गरिएको छ।
 
प्रहरीले यस आक्रमणलाई कुनै आतंकवादी संगठनले गराएको अनुमान गरेको छ। नेदरल्यान्ड सरकारले जुट्रेक्ट प्रान्तमा सम्भावित आतंककारी आक्रमण हुन सक्ने भन्दै सुरक्षा सतर्कता बढाएको छ। प्रहरीले स्थानियहरुलाई समेत सतर्क रहन र प्रहरीको सूचना पालना गर्न आग्रह गरेको छ।   

जुट्रेक्ट विश्वविद्यालयलाई बन्द गरिएको छ भने जुट्रेक्ट सेन्ट्रलमा गुड्ने सबै ट्राम, रेललगायतका सवारी साधन बन्द गरिएको छ। 

प्रहरीले आक्रमणकारी अहिले फरार रहेको र उसको खोजी भइरहेको जनाएको छ। हाललाई प्रहरीले एकजना मात्रै आक्रमणकारी रहेको बताए पनि अरु पनि यसमा संलग्न हुन सक्ने अनुमान गरिएको छ।

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर उद्धार र अनुसन्धान भइरहेको बताएको छ। मेडिकल हेलिकप्टरहरुको सहायताले अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ।
  
प्रहरीले डच विमानस्थलहरुलाई 'एक्सट्रा अलर्ट' रहन भनेको छ भने महत्वपूर्ण भवनहरुमा सुरक्षा बढाएको छ।

केही दिन अघि न्यूजिल्यान्डको क्राइस्टचर्च शहरका दुई मस्जिदमा भएको गोलीकाण्डमा ५० जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell