PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

महिला टी २० क्रिकेट लिगको विजेताले १० लाख पाउने, यस्ता छन् चार टिम



पहिलोपोस्ट

महिला टी २० क्रिकेट लिगको विजेताले १० लाख पाउने, यस्ता छन् चार टिम

काठमाडौँ : एनसीएल स्पोर्टस् प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख पुरस्कार पाउने भएको छ।

आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले रु पाँच लाख पाउने आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए।

त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले रु १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा खेल्ने चार टिमको नाम समेत सार्वजनिक भएको छ। जसमा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौँ सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ। भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सीताराना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell