PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोजाम्बिकमा इडाई समुन्द्री आँधी: मृत्यु हुनेको संख्या एक हजार नाघ्यो



मोजाम्बिकमा इडाई समुन्द्री आँधी: मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
फोटो :AFP

बेयरा : मोजाम्बिकमा इडाई समुन्द्री आँधीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधी प्रभावित क्षेत्रको भ्रमण गर्दै जानकारी दिएका हुन्।

प्रतिघण्टा १७७ किलोमिटरको वेगले आएको आँधीका कारण बेयरा शहरमा सबैभन्दा धेरै क्षति भएको बताइएको छ। बेयरामा मात्रै ९० प्रतिशत घरहरु ध्वस्त भएको र पाँच लाखभन्दा धेरै मानिसहरु विस्थापित भएको बताइएको छ।

आँधीका कारण अफ्रिकाको दक्षिणी क्षेत्रमा १८० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

 नुसीले आँधी प्रभावित क्षेत्रको भ्रमण गर्दै प्रभावकारी रुपमा उद्धार गर्न निर्देशन दिएका छन्।

 उद्धार टोलीले शहर केन्द्रीत खोज गरिरहेकाले शहर बाहिर रहेका प्रभावितहरुको संख्या प्राप्त नभएको बताइएको छ।

यही आँधीका कारण जिम्बाबेमामात्रै करिब १०० जनाको मृत्यु भएको बताइएको छ।

इडाई समुन्द्री आँधीका कारण अफ्रिकी राष्ट्रहरुमा सडक,रेल तथा हवाइ उडानहरु प्रभावित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell