PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

क्राइस्टचर्च नरसंहार: आक्रमणकारीको नाम नलिने न्यूजिल्यान्डकी प्रधानमन्त्रीको घोषणा



क्राइस्टचर्च नरसंहार: आक्रमणकारीको नाम नलिने न्यूजिल्यान्डकी प्रधानमन्त्रीको घोषणा
फोटो: रेडियो न्यूजिल्यान्ड

क्राइस्टचर्च : न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अड्रेनले गत हप्ता क्राइस्टचर्चमा रहेका दुई मस्जिदहरुमाथि आक्रमण गर्ने व्यक्तिको नाम कहिल्यै नलिने बताएकी छिन्।

एक अस्ट्रेलियली युवकले फेसबुक लाइभ गर्दै मस्जिदमा सेमि अटोमेटिक बन्दुक प्रयोग गरी ५० जनाको हत्या गरेका थिए। आक्रमणमा करिब ५० जना नै घाइते भएका थिए।

न्यूजिल्यान्डको संसदमा सम्बोधन गर्दै अड्रेनले उनले भनिन्,' तपाईहरुले त्यो व्यकितको नाम मबाट कहिल्यै सुन्नु हुनेछैन।'

३७ वर्षको उमेरमा विश्वकै युवा महिला सरकार प्रमुख बनेकी उनले भनिन्,' त्यो व्यक्ति आतंकवादी हो। अपराधी हो। अतिवादी हो। म जब यसविषयमा कुरा गर्छु उसको नाम लिन्न।'

आक्रमणकारीको सट्टा आक्रमणमा मृत्यु भएका मानिसहको नाम लिन आग्रह गर्दै प्रधानमन्त्रीले आक्रमणकारीलाई न्यूजिल्यान्डले केही नदिने बताइन्। संसदमा उनले 'हामी उसलाई उसको नाम पनि दिँदैनौं' भनेकी हुन्।

उनले क्राइस्टचर्च शहरमा भएको आक्रमणलाई नरसंहार भन्दै सो दिनलाई न्यूजिल्यान्डको इतिहासकै कालो दिन भनेकी थिइन्।

बर्टन टर्रान्ट नाम गरेका २८ वर्षे अभियुक्तलाई अदालतले अप्रिल ५ सम्म प्रहरी हिरासतमा पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell