PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काभ्रे गोली काण्डः एनसेल टावर र व्यवसायी गुरुङको घरमा विस्फोट गराएको आरोपमा विप्लवका चार कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

काभ्रे गोली काण्डः एनसेल टावर र व्यवसायी गुरुङको घरमा विस्फोट गराएको आरोपमा विप्लवका चार कार्यकर्ता पक्राउ

काठमाडौँः प्रहरीले म्यानपावर व्यवसायी रोहन गुरुङ र दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल टावरमा विस्फोट गराएको आरोपमा चार जनालाई पक्राउ गरेको छ। काभ्रेको रोशी गाउँपालिकाबाट मंगलबार राति उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ता रहेको प्रहरीको भनाई छ। पक्राउका क्रममा प्रहरीले फायरिङ समेत गरेको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको महाशाखाका एसपी केदार ढकालले बताए।

पक्राउ  पर्नेहरूमा विशाल तामाङ ,शिव धिमाल, डेकेन्द्र राई र नुमबहादुर बिक रहेको एसपी ढकालले जानकारी दिए।

‘विस्फोटमा उनीहरूको संलग्नता देखियो। त्यसैले पक्राउ गरेको हौँ’ एसपी ढकालले भने।

उनीहरूलाई पक्राउ गर्दा प्रहरीले जवाफी फायर समेत गरेको दावी प्रहरीको छ।

प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको जानकारीपछि नियन्त्रणमा लिन गएको महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको थियो।

महाशाखाका एसपी सोमेन्द्रसिंह राथौडको नेतृत्वको टोली मिसनमा गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell