PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काठको भिमसेन लिङ्ग काँधमा बोक्दै घुमाउँदै ब्रह्मायणीमा पखालेपछि सकियो भक्तपुरको होली

काठको भिमसेन लिङ्ग काँधमा बोक्दै घुमाउँदै ब्रह्मायणीमा पखालेपछि सकियो भक्तपुरको होली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : होलीको राति करिब सात बजेतिर ज्याकेट र जिन्स प्यान्ट लगाएका एक युवक हाँस्दै काँधमा केही बोक्दै  भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरबाट निस्किए।

उनी थिए रविन्द्र लाछिमस्यु। काँधमा बोकेको काठको आकृति लिङ्ग जस्तो देखिन्थ्यो। 

हजुर, यो भीमसेनको लिङ्गको प्रतीकका रुपमा रहेको काठको लिङ्ग थियो। त्यसलाई काँधमा बोकेर ब्रह्मायणी पुर्‍याई नदीमा पखालियो। पखालेपछि कपडाले छोपियो र पुनः मन्दिरमा लगेर राखेपछि यो वर्षको होली विधिवत् समापन भएको छ भने अर्को जात्रा बिस्केटको प्रक्रिया सुरु भएको छ।

लिङ्ग बोक्नेले छोरा पाउने जनविश्वास रहेको छ। 

यो लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याएको थियो। 

भीमसेन मन्दिरको पहिलो तल्लामा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकका रुपमा काठले बनेको लिङ्गो र योनी आकृति बनाई प्वाल बनाइएको रातो कपडाको पूजा गरिएको थियो। 

सम्बन्धित सामाग्री

भीमसेन र द्रौपदीको के देखाइयो यस्तो ! भक्तपुरमा मनाइने फागुको फरक स्वरुप जसबारे धेरैलाई थाहै छैन

रातो कपडारुपी योनीबाट काठको लिङ्ग निकालिँदै
रातो कपडारुपी योनीबाट काठको लिङ्ग निकालिँदै
रातो कपडारुपी योनीबाट काठको लिङ्ग निकालिँदै
रविन्द्र लाछिमस्यु काठको लिङ्ग बोक्दै
रविन्द्र लाछिमस्यु काठको लिङ्ग बोक्दै घुमाउँदै
रविन्द्र लाछिमस्यु काठको लिङ्ग बोक्दै ब्रह्मायणीतर्फ लाँदै
रविन्द्र लाछिमस्यु काठको लिङ्ग बोक्दै ब्रह्मायणीतर्फ लाँदै
हनुमन्ते नदीमा काठको लिङ्ग पखाल्दै
हनुमन्ते नदीमा काठको लिङ्ग पखाल्दै
लिङ्ग पखालिसकेपछि कपडाले छोप्दै
पखाली कपडाले छोपेको लिङ्ग मन्दिर फर्काउँदै
पखाली कपडाले छोपेको लिङ्ग मन्दिर फर्काउँदै
पखाली कपडाले छोपेको लिङ्ग मन्दिर फर्काउँदै
पखाली कपडाले छोपेको लिङ्ग मन्दिर फर्काउँदै
पखाली कपडाले छोपेको लिङ्ग मन्दिर फर्काउँदै
पखाली कपडाले छोपेको लिङ्ग मन्दिरमा राखेपछि होली सकियो


ट्रेन्डिङ पोस्ट

Ncell