PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


राति काभ्रेको प्रहरी सर्चमा समातिए हेमन्तप्रकाश ओली, एकको ज्यान लिनेगरी भएको विस्फोटको जिम्मा लिएका थिए


पहिलोपोस्ट

राति काभ्रेको प्रहरी सर्चमा समातिए हेमन्तप्रकाश ओली, एकको ज्यान लिनेगरी भएको विस्फोटको जिम्मा लिएका थिए

काठमाडौ : महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले शुक्रवार राति गरेको सर्च अभियानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ परेका छन्।

एनसेल कार्यालयमा भएको विस्फोटको जिम्मेवारी लिँदै मिडियामा सार्वजनिक भएका ओलीलाई प्रहरीले खोजी रहेको थियो। यसअघि पनि काभ्रेमा समात्न प्रयास गर्दा उनी उम्किएका थिए। उनीसहित ८ जनालाई प्रहरीले मध्यरात नियन्त्रणमा लिएको हो।

'हामीले शंका लागेको घरमा सर्च गर्ने क्रममा उनीहरुलाई समात्न सकेका हौं,' एक प्रहरी अधिकृतले पहिलोपोस्टलाई भने, 'पक्राउ गरे पनि अहिलेसम्म काभ्रेमै मुद्दा चलाउनेगरी राख्ने या काठमाडौं लैजाने तय भइसकेको छैन।' 

श्रृंखलावद्ध विस्फोटका घटनामा संलग्न रहँदै आएपछि विप्लव नेतृत्वको पार्टीलाई सरकारले प्रतिवन्धित गर्ने निर्णय गरेको थियो। निर्णयको नेकपामा प्रतिनिधित्व गर्ने  माओवादी समूहले विरोध गर्दै आएका छन्। 

पक्राउ परेका ओली नेकपाको मध्य कमाण्ड इन्चार्जका रुपमा सक्रिय थिए। एक जनाको ज्यान जानेगरी भएको नख्खुको विस्फोटपछि ओलीको प्रहरीले खोजी व्यापक रुपमा गरेको थियो। नेकपा समूहको तेस्रो तहका नेतासमेत हुन् ओली।

उनीसँगै समातिनेमा शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा,ललित तामाङ, सञ्जीव कार्की, विजय श्रेष्ठ, देव घिमिरे र लाेकेन्द्र खड्का रहेका छन्।

यो पनि पढ्नुस

'चेन ब्रेक' रणनीति फेल खाँदा हेमन्त ओली प्रकाउ : प्रहरीको पटक पटकको सर्च अभियानपछि समातिए



राति काभ्रेको प्रहरी सर्चमा समातिए हेमन्तप्रकाश ओली, एकको ज्यान लिनेगरी भएको विस्फोटको जिम्मा लिएका थिए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट