PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्राइस्टचर्च नरसंहारपछि श्वेत राष्ट्रवाद, बिखण्डनकारी भाषा र चिन्हमाथि प्रतिबन्ध लगाउँदै फेसबुक



क्राइस्टचर्च नरसंहारपछि श्वेत राष्ट्रवाद, बिखण्डनकारी भाषा र चिन्हमाथि प्रतिबन्ध लगाउँदै फेसबुक
फोटो:DAILY MAIL

फेसबुकले श्वेत राष्ट्रवाद र बिखण्डनकारी चिन्तनलाई प्रोत्साहित गर्ने भाषा र चिन्हलाई आफ्नो सर्भरमा प्रतिबन्ध लगाउने भएको छ।  

यस्तो प्रतिबन्ध अर्को हप्तादेखि सुरु हुने फेसबुकले जनाएको छ।

यस्तै आतंकवादी समूहहरुका प्रोफाइल वा ती सम्बन्धी केही सामग्री पहिचान गर्न थप प्रविधिको विकास गर्ने बताएको छ।

यसअघि फेसबुकले केही श्वेत टिप्पणीहरुलाई आफ्नो सर्भरमा अनुमति दिएको थियो।

न्यूजिल्यान्डको क्राइस्टचर्चका दुई मस्जिदमा गत मार्च १५ मा भएको नरसंहारको फेसबुक लाइभ भएदेखि फेसबुकमाथि त्यसता गतिविधि नियन्त्रण गर्न दबाब बढेको थियो।

५० जनाको मृत्यु हुने गरी भएको उक्त आक्रमणको भिडियोका १२ लाख कपीहरु फेसबुकले ब्ल्क  गरेको थियो भने ३ लाख भिडियोहरु डिलिट गरेको थियो।

उक्त भिडियो प्रसारण गरेको भन्दै फ्रान्सका मुस्लिम समुदायले फेसबुक र युट्युबमाथि मुद्दा दायर गर्ने तयारी समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell