PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

२१ वर्षदेखि असनमा हार्मोनियम बनाउँदै बालकृष्ण,  'संगीतमा रुचि राख्ने बढ्दा व्यवसाय फस्टायो'

२१ वर्षदेखि असनमा हार्मोनियम बनाउँदै बालकृष्ण,  'संगीतमा रुचि राख्ने बढ्दा व्यवसाय फस्टायो'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


बालकृष्ण साह २१ वर्षदेखि असनमा हार्मोनियम बनाउने काम गर्दै आएका छन्।

तराईमा उनका हजुरबाले सुरु गरेको हार्मोनियनको कामलाई उनका बुबा ठाका साहले निरन्तरता दिए।

२०२८ सालमा उनका बुबा ठाका काठमाडौं आएका थिए। उनैले यहाँ हार्मोनियमको व्यवसाय सुरु गरे।

साहलाई हार्मोनियन बनाउने तालिम उनका बुबा र दाजु रुप नारायण साहले दिएका थिए।

हार्मोनियम बनाउने क्रममा उनी हार्मोनियम बजाउन समेत पोख्त भए।

अहिले भने उनी हार्मोनियमसँगै गितार, मादल, तबला लगायतका सांगीतिक उपकरणहरु समेत बनाउने गर्छन्। उनको पसल र गोदाम हार्मोनियम र तबलाहरुले भरिएको छ।

हाल हार्मोनियमको व्यवसाय पहिला भन्दा राम्रो रहेको उनी बताउँछन्। संगीतमा मान्छेहरुको रुचि बढेको र यस विषयमा पढाइ समेत हुने भएकाले राम्रो कमाइ हुने गरेको उनको भनाई छ। हार्मोनियम बेचेरै काठमाडौंको थानकोटमा घर बनाएको उनले बताए।

भन्छन् ’नेपालभरमा राम्रो हार्मोनियम चाहियो भने कृष्णलाई सम्झन्छन्। त्यसैले अहिलेसम्म राम्रै भइरहेको छ।’

हाल उनको पसलमा १५ हजार देखि १ लाखसम्म पर्ने हार्मोनियम रहेको छ। हार्मोनियममा प्रयोग भएका काठ, त्यसबाट आउने आवाज, आकार र बनावटले त्यसको मूल्य निर्धारण हुन्छ।

उनी व्यक्तिगत र भजनका लागि प्रयोग हुने हार्मोनियममा धुनको भिन्नता रहेको बताउँछन्।

हार्मोनियमका माध्यमबाट मनको भाव व्यक्त गर्न सक्ने बताउने साह आफ्नो कामदेखि खुशी छन्।

अहिलेका चर्चित कलकारहरु शिव परियारदेखि राज सिग्देलसम्म आफू कहाँ आउने गरेको उनले बताए। सबैको मायाले नै अहिलेसम्म असनमा टिकेको उनी बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell