PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो बन्यो 'यात्रा : अ म्यूजिकल भ्लग'को नयाँ गीत



पहिलोपोस्ट

यस्तो बन्यो 'यात्रा : अ म्यूजिकल भ्लग'को नयाँ गीत

काठमाडौं : फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। प्रचार टार्गेट गरेर निर्माण टिमले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ।

फिल्मको 'डुली डुली'बोलको गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द तथा गायिका मेलिना राईको स्वर छ। गीतको भिडियोमा भने यसै फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेकी कलाकार मलिका महत फिचर्ड छिन्।

भिडियोमा उनी टुङ्गना बजाइरहेको देख्न सकिन्छ। फिल्मको लागि उनले तीन महिना टुङ्गना सिकेकी थिइन्। फिल्ममा सलिनमान बनियाँसँगै, सलोन बस्नेत, जय नन्द लामा, रेअर राई, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलगायतको अभिनय छ।

फिल्मबाट छिमेकी राष्ट्र चीनका जुन झ्याङ्ग र केन्याका बोबीले डेब्यू गर्दैछन्। फिल्ममा संजय लामाको छायाँकन छ। यो फिल्म सम्राट शाक्यको डेब्यू निर्देशकिय फिल्म हो।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिष शाहको सम्पादन छ। फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell