PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कथासङ्ग्रह 'गोहो' सार्वजनिक



पहिलोपोस्ट

कथासङ्ग्रह 'गोहो' सार्वजनिक

जिके पोख्रेलको कथा संग्रह 'गोहो' सार्वजनिक भएको छ। शनिबार सर्वनाम थिएटरमा कार्यक्रम आयोजना गरि किताब लोकार्पण गरिएको हो।

जनयुद्ध कालको दशवर्षे राजनीतिक र सामाजिक सङ्क्रमणको पृष्ठभूमिमा लेखिएका कथाहरू समावेश रहेको गोहोलाई समीक्षकद्वय महेश पौड्याल, राजिन पनेरु र कथाकार पोख्रेलले संयुक्त रूपमा विमोचन गरे।


समालोचक महेश पौड्यालले जिकेका कथा राजनीतिक र सामाजिक विषयवस्तुमा आधारित भएर पनि तटस्थ रहेको अभिव्यक्ती दिए। भने, 'जिकेका कथाले लैङ्गिक समानताको हकमा चलनचल्तीका एकाङ्गी दृष्टिकोण सच्याउन, स्वतन्त्रता र स्वच्छन्दाबीचको विभेदबारे चिन्तन गर्न तथा प्रेम र विवाहका हार्दिक तथा बाध्यात्मक पक्षबीचको वैषम्यबारे मनन गर्न अभिप्रेरित गर्दछन्।'


विगतको ठूलो सकसको कथा भन्ने किताब भन्दै वक्ता राजिन पनेरुले गोहोको चर्चा गरे।

कथाकार पोख्रेलले कथामा लेखिएका घटनाहरू यथार्थपरक रहेको बताए। उनले 'गोहो'भित्र रहेका घटना, पात्रसँग आफू पनि कहीकही जोडिएको स्वीकार गर्दै जनयुद्धलाई चियाउने एउटा सुन्दर आँखीझ्याल हुने विश्वस व्यक्त गरे।

पोख्रेलको यसअघि दुईवटा कथा संग्रह जून निदाएको रात (२०६९) र स्वभिमानको चिता (२०७२) सार्वजनिक भइसकेका छन्। कार्यक्रममा सहजकर्ताको भूमिका सिनेसञ्चारकर्मी दीपज्योति थापाले गरेकी थिइन्। दशवटा कथा समावेश रहेको गोहो अक्षर~शालाले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell