PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बसुन्धाराको एक कार्यालयको सोफामुनि सकेट बम फेला: प्रहरीले नसकेपछि सेनाको टोली घटनास्थलमा



बसुन्धाराको एक कार्यालयको सोफामुनि सकेट बम फेला: प्रहरीले नसकेपछि सेनाको टोली घटनास्थलमा
फाइल फोटो

काठमाडौं: बसुन्धाराको ओसिस क्याफेसँगै जोडिएको घरमा सकेट बम फेला परेको छ। घरमाथि रहेको कम्युटर सेन्टरको सोफामुनि सकेट बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले पुष्टि गरे।' सोफामुनि सकेट बम भेटिएको हो। हामी डिस्पोजको लागि तयारी गरिरहेका छौं।'

बम कसरी त्यहाँ पुग्यो भन्ने खुल्न सकेको छैन। महागरीय प्रहरी वृत महाजगञ्जको टोलीले कम्युटर सेन्टरका संचालक प्रकास सुवेदीलगायत चार जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएको डिएसपी बोगटीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell