PahiloPost

Apr 20, 2019 | ७ बैशाख २०७६

क्याबिनेट बैठकमा उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री ओलीले खुवाए केक


क्याबिनेट बैठकमा उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री ओलीले खुवाए केक
फोटो: twitter.com/TheRealKalamchi

काठमाडौं:  आज अपरान्ह मन्त्रिपरिषदको बैठक बस्यो। बैठकमा अरु दिन भन्दा फरक रौनक देखियो। आज सरकारका एक उपप्रधानमन्त्री ईश्वर पोखरेलको जन्म दिन थियो।

आजको क्याबिनेट बैठक प्रधानमन्त्रीको सरकारी निवासमा थियो। बैठक नियमित छलफलमा प्रवेश गर्नु अगाडि उपप्रधानमन्त्री पोखरेलको बर्थडे सेलिब्रेसन भयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको सुरुवातमै पोखरेललाई शुभकामना दिएर केक खुवाए। त्यसपछि अन्य मन्त्रीहरुले पनि उनलाई शुभकामना दिए।

उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री ओलीले केक खुवाएको तस्विर प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले सार्वजनिक गरेका छन्।



क्याबिनेट बैठकमा उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री ओलीले खुवाए केक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट