PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बौद्धको मनी चेन्जरबाट खुकुरी देखाएर साढे तीन लाख लुटपाट



बौद्धको मनी चेन्जरबाट खुकुरी देखाएर साढे तीन लाख लुटपाट
प्रतीकात्मक फोटो

काठमाडौं: काठमाडौंको बै्द्धस्थित एक मनिचेन्जरबाट रकम लुटिएको छ। बैद्धमा रहेको पाथीभरा मनी ट्रान्सफरबाट आज बिहान रकम लुटिएको हो। 

मोटरसाइकलमा आएका तीन जना युवाले खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। डिएसपी बोगटीले भने,'खुकुरी देखाएर लुटिएको पाइएको छ।'

मनी चेन्जरका संचालक रवि श्रेष्ठले नबिल बैंकको शाखाबाट रकम झिकेर मनी ट्रान्सफरमाभित्र लैजाँदै गर्दा लुटिएको प्रहरीले जनाएको छ। लुटेरा पक्रनका लागि प्रहरीले अनुसन्धान थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell