PahiloPost

Jul 17, 2019 | १ साउन २०७६


सरकार संघीयता विरोधी गतिविधि गरिरहेको शशांकको आरोप, 'ओलीको भनाई र काम गराईमा आकाश जमिन फरक' 


सरकार संघीयता विरोधी गतिविधि गरिरहेको शशांकको आरोप, 'ओलीको भनाई र काम गराईमा आकाश जमिन फरक' 

लमजुङ: नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीको भनाई र काम गराईमा आकाश जमिन फरक भएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन लमजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले ओलीको भनाई एउटा हुने तर काम गराई अर्के हुने आरोप लगाएका हुन्।
 
'प्रधानमन्त्री ज्यू भ्रष्टाचारको गन्ध आए सह्य हुन्न भन्नुहुन्छ। तर वाइडबडी काण्ड, सुन काण्ड जस्ता काण्डै काण्ड भएका छन्। भ्रष्टाचारको गन्ध सह्य नहुने प्रधानमन्त्रीले किन बुढीगण्डकी जलविद्युत आयोजनालाई किन प्रतिष्पर्धा नगराई ठेक्का दिएको?’कोइरालाले प्रश्न गरे। महामन्त्री कोइरालाले ओलीका अहिलेसम्मका काम हेर्दा सरकार असफल भएको दाबी गरे। उनले आकाश छुने करको बृद्धि, चर्को मुल्य बृद्धि तथा ठप्प भएका विकासका काम हेर्दा सरकारले सफल भयो भनेर भन्न नमिल्ने बताए। 

कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य गरेर मेलमिलाप र एकताको बाटोमा अगाडि बढे कांग्रेस फेरि पहिलो दल बन्न कसैले रोक्न नसक्ने तर्क गरे। त्यसै गरी उनले सरकारको गतिविधि संघीयता विरोधी भएको आरोप लगाए। सरकारले प्रदेशलाई विश्वास गर्न नसकेर सबै अधिकार आफैमा राख्दा समस्या भएको उनको दाबी छ। कोइरालाले मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको प्रधानमन्त्री ओलीले सबै अधिकार आफैं राख्ने प्रयत्न गरेर संघीयता विरोधी चरित्र देखाएको जिकिर गरे।



सरकार संघीयता विरोधी गतिविधि गरिरहेको शशांकको आरोप, 'ओलीको भनाई र काम गराईमा आकाश जमिन फरक'  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट