PahiloPost

Jun 18, 2019 | ३ असार २०७६


'ए मेरो हजुर'को प्रचार तिव्र, सुहानाको छायाँमा अनमोल


पहिलोपोस्ट

'ए मेरो हजुर'को प्रचार तिव्र, सुहानाको छायाँमा अनमोल

काठमाडौं : अनमोल केसी अभिनित 'ए मेरो हजुर ३' प्रदर्शनको तयारीमा छ। फिल्ममा अनमोलको अपोजिटमा डेब्यू कलाकार सुहाना थापा देखिँदैछिन्। फिल्मलाई सुहानाकै आमा झरना थापाले निर्देशन गरेकी हुन्।

फिल्मी करियरको सुरुवातदेखि अनमोलले सधैं नयाँ अभिनेत्रीहरुसँग स्क्रिन रोमान्स गर्दै आएका छन्। आठौं फिल्ममा उनी स्टार किड सुहाना थापाको जोडी बनेर पर्दामा देखिँदैछन्।

उनले 'होस्टेल'मा प्रकृती श्रेष्ठ, 'जेरी'मा आना शर्मा, 'ड्रिम्स'मा साम्राज्ञी राज्य लक्ष्मी शाह, 'गाँजलु'मा सृष्टी श्रेष्ठ, 'कृ'मा अदिती बुढाथोकी र 'क्याप्टेन'मा उपासना सिंह ठकुरी र प्रियंका एम्भी जस्ता डेब्यू कलाकारसँग अभिनय गरिसकेका छन्। प्रायको निर्माण टिममा पिता भूवन केसी रहन्थे। ए मेरो हजुर तेस्रो संस्करणमा भने उनको संलग्नता छैन।

अनमोलसँग डेब्यू गरेका अधिकांस अभिनेत्रीहरु फिल्म क्षेत्रमा सक्रिय छन्। कति भने फिल्म क्षेत्रबाट गुमनाम नै छन्।

अनमोलका फिल्म प्रदर्शनताका चर्चामा सँधै अनमोल नै हुन्थे। अभिनेत्रीहरुले प्रचारमा त्यत्ति स्थान पाउँदैन थिए। उनीहरु अनमोलको अन्तर्वाता र गसिपको छायाँमा पर्थे। उनको स्टारडमका कारण पनि अभिनेत्रीहरु छायाँमा पर्ने गरेका हुन्। पछिल्लो समय 'कृ' अभिनेत्री बुढाथोकीले त अनमोलको फिल्ममा अनमोललाई मात्र प्राथमिकता दिएको भन्दै छुट्टै प्रेसमिटसमेत गरेकी थिइन्।

तर आठौं फिल्ममा आइसक्दा परिस्थिती बद्लिएको छ। 'ए मेरो हजुर ३'को प्रचारमा सुहाना अनमोलमाथि हावी देखिन्छिन्। निर्देशक झरनाकी छोरी भएकै कारण पनि उनी अनमोलको दाँजोमा चर्चाको शिखरमा छिन्। आमा झरनासँगै अन्तरवार्ताका लागि विभिन्न मिडिया धाउँदैछिन्।

अनमोल पनि यही अवस्थामा आफ्नो पछिल्लो फिल्म 'क्याप्टेन'को सोका लागि युके छन्। अभिनेत्रीसँग प्रचारमा हिँड्नुपर्ने बेलामा उनी बुवा भुवनसँग युकेतिर लागे। 

 



'ए मेरो हजुर'को प्रचार तिव्र, सुहानाको छायाँमा अनमोल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट