PahiloPost

Jul 17, 2019 | १ साउन २०७६


देजमोको राष्ट्रिय सम्मेलन सम्पन्न: अध्यक्षमा गजुरेल र महासचिवमा परी थापा


देजमोको राष्ट्रिय सम्मेलन सम्पन्न: अध्यक्षमा गजुरेल र महासचिवमा परी थापा

काठमाडौं: देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको राष्ट्रिय सम्मेलनले सीपी गजुरेलको नेतृत्वमा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ।

ओम साई पार्टी प्यालेसमा सम्पन्न सम्मेलनको बन्दसत्रले मोर्चाको महासचिवमा परी थापालाई चयन गरेको छ। थापा यसअघि देजमोको सचिव थिए।

बन्द सत्रमा पेश भएको ९५ सदस्यीय केन्द्रीय समितिको पहिलो बैठकले गजुरेललाई अध्यक्षमा चयन गरेको हो। ज्येष्ठ सदस्य कमल चौधरीको अध्यक्षतामा बसेको पहिलो बैठकमा चौधरीले अध्यक्षमा गजुरेलको नाम प्रस्ताव गरेका थिए।

त्यस्तै गजुरेलको प्रस्तावमा थापालाई महासचिव चयन गरेको हो। आज नयाँ केन्द्रीय समितिको बैठक बस्दै छ। बैठकले बाँकी पदाधिकारी, तथा विभागहरुको गठन गर्ने छ।

यसअघि बन्दसत्रले अध्यक्षको राजनीतिक प्रतिवेदन र सचिवको मोर्चाको विधान परिमार्जनसहित पारित गरेको थियो।



देजमोको राष्ट्रिय सम्मेलन सम्पन्न: अध्यक्षमा गजुरेल र महासचिवमा परी थापा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट