PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सहारा मरुभूमिमा मल्टी डे म्याराथन, हेर्नुस फोटोमा

सहारा मरुभूमिमा मल्टी डे म्याराथन, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


विश्वकै सबैभन्दा ठूलो मरुभूमी अफ्रिकाको सहारा मरुभूमीमा हरेक वर्ष मल्टी डे म्याराथान हुँदै आएको छ। म्याराथन डेस साबलेस (बालुवामा हुने म्याराथन) को नाममा हुने यस म्याराथनको २४औँ संस्करण यस वर्ष भइरहेको छ।

६ दिनसम्म सञ्चालन हुने मल्टी डे रेसको निर्धारित दूरी २५१ किलोमिटर छ। यस प्रतियोगिता मोरोक्कोको दक्षिणी क्षेत्रमा हुन्छ।

सन् १९८६ बाट सुरु भएको म्याराथन डेस साबलेसको यो ३४ औं संस्करण हो। यस वर्ष ५० भन्दा बढी देशबाट ८०० भन्दा बढी धावक सहभागि रहेको र त्यसमा २० प्रतिशत महिला रहेको आयोजकले जनाएको छ।

अहिलेसम्म मोरोक्कोका लाहचेन अहनसलले सर्वाधिक १० पटक म्याराथनको उपाधि जितेका छन्। उनले १९९९ देखि २००७ सम्म लगातार ९ पटक उपाधि जितेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell