PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यी हुन् सांसद लिङ्देनलाई फोनमा फिरौती माग्दै मार्ने धम्की दिने, साथमा भेटियो भारतीय आधार कार्ड



पहिलोपोस्ट

यी हुन् सांसद लिङ्देनलाई फोनमा फिरौती माग्दै मार्ने धम्की दिने, साथमा भेटियो भारतीय आधार कार्ड

काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र लिङ्देनलाई फोनमार्फत फिरौती माग्ने तथा मार्ने धम्की दिनेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापा कचनकवल गाउँपालिका वडा नं. ३ पथरियाका २९ वर्षीय तिलकदास पराजुली र हुम्ला सर्केगाड गाउँपालिका वडा नम्बर ७ का प्रदीप रोकायालाई नियन्त्रणमा लिएको ब्युरोका एसपी उमा शंकर चतुर्वेदीले जानकारी दिए। मंगलवार जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

पराजुलीको साथमा प्रहरीले भारतीय आधार कार्डसमेत फेला परेको जनाएको छ। सांसद लिङ्देनलाई धम्क्याउन प्रयोग भएको सिम प्रदीपले चैत २ गते गते डिजे इन्टरनेस्नल सामाखुसीबाट लिएको देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रदीपले त्यो सिम आर्थिक प्रलोभनमा परी पराजुलीलाई दिएको प्रहरीको दाबी छ।

चैत ७ गते ५ बजेर २५ मिनेटमा ९८४३९४७२९४ नम्बरको फोनबाट सांसद लिङ्देनलाई धम्की आउन सुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell