PahiloPost

Apr 23, 2019 | १० बैशाख २०७६

बालुवाटारको जग्गामा विष्णु पौडेल त ठगिएछन्, जग्गा परेछ नक्कली : मन्त्री बास्कोटा


बालुवाटारको जग्गामा विष्णु पौडेल त ठगिएछन्, जग्गा परेछ नक्कली : मन्त्री बास्कोटा

काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बालुवाटारको जग्गा किनबेच नभएको दाबी गरेका छन्। बालुवाटारको जग्गा किनबेच सम्बन्धी प्रश्नको जवाफमा मन्त्री बास्कोटाले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल ठगिएकोसमेत दाबी गरे।

आज सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, 'प्रम निवासको जग्गा रोक्का राख्ने निर्णय भइसकेको छ। विष्णु पौडेल त ठगिएका रहेछन्। जग्गा परेछ नक्कली।'

सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले थपे, 'सत्य तथ्य बुझेर सरकारले छोड्दैन।' नेकपाका महासचिव पौडेलले वक्तव्य जारी गरेको उल्लेख गर्दै मन्त्री बास्कोटाले भने, 'दोषी देखिएको छ भने कोही उम्कन पाउँदैन। नेकपाको महासचिवले विज्ञप्तिमार्फत स्पष्ट पारिसक्नु भएको छ। उहाँ त फर्जी धन्दामा संलग्न भएको हैन नि। उहाँले थर्ड पार्टीबाट किन्नु भएको हो। उहाँ त ठगीमा पर्नु भएको हो नि।' 



बालुवाटारको जग्गामा विष्णु पौडेल त ठगिएछन्, जग्गा परेछ नक्कली : मन्त्री बास्कोटा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट