PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कामको लागि भारत गएका तीन जना मृत फेला, अनुसन्धान गर्न भारत जाँदै प्रहरी



कामको लागि भारत गएका तीन जना मृत फेला, अनुसन्धान गर्न भारत जाँदै प्रहरी
प्रतीकात्मक स्केच

काठमाडौं: रोजगारीको लागि भारत गएका दाङ शान्तिनगर गाउँपालिका घर भएका तीन जना मृत अवस्थामा फेला परेका छन्।

शान्तिनगर गाउँपालिका २ घर भएका  २३ वर्षीय नोखिराम भण्डारी र २१ वर्षीय प्रकाश वली चैत १० गते भारतको कुल्लु मनालीको भिरमुनि मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ। दुई जना मृत फेला परेको १५ दिनपछि सोही स्थानमा २४ वर्षीय पूर्णबहादुर वलीको शव फेला परेको थियो।

गत मंसिर १४ गते शान्तिनगर  गाँउपालिका २ अमुवाका २२ वर्षीय इन्द्रबहादुर बिक, छायाक्षेत्र गाउँपालिका ३ दिपाखाना सल्यानका २९ वर्षीय सेवक थापा र उनकी श्रीमती  २२ वर्षीय अमृता थापा समेत ६ जनालाई साथमा लिई शान्तिनगर गाउँपालिका २ अमुवा वस्ने  ४६ वर्षीया जाइफली मिया (मेट) ले लेबर कामका लागि भारत हिमाचल प्रदेशको कुल्लु मनाली लगेको खुलेको छ।

भारत गएको करिब चार महिनापछि चैत ५ गते पूर्णवहादुर वली हराई बेपत्ता भएको सूचना आएपछि खोजतलास गर्दै गर्दा मृत अवस्था फेला परेको थियो। मियाँले शव पीडितका आफन्तलाई बुझाउन लाग्दा विवाद भएपछि मियालाई सुरक्षाको लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको र लाश राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा रहेको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा सत्यतथ्य बुझ्न ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी अधिकृतसहित, स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्यहरु भारततर्फ जाने तयारीमा रहेको दाङका  विनोदविक्रम शाहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell