PahiloPost

Apr 20, 2019 | ७ बैशाख २०७६

नागरिकता सम्बन्धी अमित शाहको अभिव्यक्तिलाई लिएर भाजपामाथि प्रहार


नागरिकता सम्बन्धी अमित शाहको अभिव्यक्तिलाई लिएर भाजपामाथि प्रहार

नयाँ दिल्ली: निर्वाचन चलिरहेका बेला सत्तारुढ दल भारतीय जनता पार्टी जातिय विवादमा तानिएको छ। भारतीय जनता पार्टीको आधिकारिक ट्विटर एकाउन्टबाट गरिएको एउटा ट्विटका कारण भाजपा विवादमा तानिएको हो। 

सो ट्वीटमा भाजपा अध्यक्ष अमित शाहलाई पनि मेन्शन गरिएको छ। 

ट्वीटमा राष्ट्रिय नागरिक दर्ता (नेशनल रजिस्ट्रेसन अफ सिटिजन-एनआरसी) लाई पूरै देशभर लागू गर्ने उल्लेख छ। साथै भारतबाट बौद्ध, हिन्दु र शिख बाहेकका सबैलाई देश नकाल्ने बताइएको छ। 

'हामीले एनआरसी पूरै देशभर लागू गर्ने प्रतिवद्धता गर्ने छौँ। हामीले बौद्ध, हिन्दु र शिखबाहेकका हरेक घूसपेठिहरुलाई देशबाट निकाल्ने छौँ,' ट्विटमा भनिएको छ। 

अमित शाहलाई मेन्सन र नमोफरइन्डिया ह्यासट्यागमा आएको यो ट्विट पछि भाजपा, शाह र मोदी प्रति सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ। 

सामाजिक सञ्जालमा भाजपा प्रति आक्रोश व्यक्त गर्नेहरु बलिउड सेलिब्रेटी देखि लेखक पत्रकारहरु सम्म रहेका छन्। 

बलिउड सेलिब्रिटी गौहर खानले ट्विट भाजपाको स्पष्ट एजेण्डा भएको भन्दै भाजपालाई प्रश्न गरेकी छन्, 'के मुस्लिम भारतका नागरिक होइनन्? के फारसी भारतीय होइनन्? के क्रिष्चियन भारतीय होइनन्?'

अमित शाह आप्रवासीको मामिलामा विवादमा तानिँदै आएका छन्। गत मार्चमा अमेरिकाले जारी गरेको विश्व मानवअधिकार प्रतिवेदनमा पनि भाजपा अध्यक्ष शाह र भाजपा शरणार्थी विरोधी भएको उल्लेख थियो। 

शाहले पहिलो पटक असामका अप्रवासीहरुलाई बंगलादेशी धमिराको रुपमा चित्रित गर्दै चुनावी दौडबाट हटाइने बताएका थिए।

शाहले सेप्टेम्बर २२ मा जयपुरमा आयोजित सभामा भनेका थिए, 'भाजपा सरकार एक एक घुसपेठीलाई छानीछानी मतदाताको सूचीबाट हटाउने काम गर्नेछ।'

त्यस्तै सेप्टेम्बर २४ मा नयाँ दिल्लीमा आयोजित सभामा उनले असाममा रहेका आप्रवासीलाई 'धमिरा'को संज्ञा दिएका थिए। उनले हरेक गैर कानुनी आप्रवासीलाई देश निकाला गरिने घोषणा गरेका थिए।

'यी करोड अवैध आप्रवासीहरु धमिरा जस्तै हुन्। उनीहरुले हाम्रा गरिब जनताका लागि जानुपर्ने अनाज खाएका छन्। जागिरहरु उनीहरुले लिएका छन्। उनीहरुले हाम्रो देशमा विस्फोट गराएका छन्। हाम्रा जनता मारेका छन्,' उनले भनेका थिए।

'सन् २०१९ मा हामी शक्तिमा आयौँ भने म तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु की हामीले उनीहरुलाई एक एक पहिचान गर्ने छौँ र लखेट्ने छौँ।'

उनले २०१९ मा भाजपाले सरकार बनाए असामबाट मात्र नभई देशैभरबाट अप्रवासी लखेट्ने घोषणा गरेका थिए।

अमित शाहको यो अभिव्यक्तिलाई लिएर लेखक निलन्जना रोयले मुस्लिम र क्रिष्चियनहरु सुरक्षित समूहबाट बाहिरिरहेको बताएकी छिन्। 

 

 

 

 

 

 



नागरिकता सम्बन्धी अमित शाहको अभिव्यक्तिलाई लिएर भाजपामाथि प्रहार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट