PahiloPost

Apr 20, 2019 | ७ बैशाख २०७६

किम जोङ उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुन: निर्वाचित, किम जाइ रियोङ नयाँ प्रधानमन्त्री


किम जोङ उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुन: निर्वाचित, किम जाइ रियोङ नयाँ प्रधानमन्त्री

प्योङयाङ: किम जोङ उन उत्तर कोरियाको स्टेट अफेयर्स कमिसनको अध्यक्षमा पुन: निर्वाचित भएका छन्। उत्तर कोरियाका सर्वोच्च नेता किम उत्तर कोरियाको १४ औँ सर्वोच्च जनकंग्रेसको पहिलो सत्रबाट अध्यक्षमा निर्वाचित भएका हुन्।

बैठकले चोइ रियोङ हाइलाई प्रथम उपाध्यक्ष तथा जनंग्रेसको अध्यक्षमा निर्वाचित गरिएको छ। उनी राष्ट्र प्रमुखको हैसियतमा रहन्छन्। यद्यपी यो पद संवैधानिक हो। यसअघि यस पद सन् १९९८ देखि किम योङ नामले समाल्दै आएका थिए।  

त्यस्तै पार्क पोङ जुको स्थानमा किम जाइ रियोङलाई नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरिएको छ। मार्च १० मा सर्वोच्च जनकंग्रेसमा निर्वाचित भएका उनलाई एक महिना नबित्दै पहिलो बैठकले प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो। उनी त्यहाँको वर्कस् पार्टी अफ कोरियाको पोलिटव्यूरो र सेन्ट्रल मिलिटरी कमिसनमासमेत निर्वाचित भएका छन्।

जनकंग्रेसले स्टेट अफेयर्स कमिसनमा अमेरिकासँगको वार्तामा भूमिका खेलेका किम योङ चोल, परराष्ट्र मन्त्री रि योङ हो, परराष्ट्र सहायक मन्त्री चोइ सोन हुइलाई चयन गरेको योन्हापले जनाएको छ

सहायक मन्त्री हुईलाई प्रथम सहायक मन्त्रीको रुपमा बढुवासमेत गरिएको छ। उत्तर कोरियाको विदेश मन्त्रालयमा एक विदेश मन्त्री एक प्रथम सहायक मन्त्री र एक दर्जन सहायक मन्त्री रहँदै आएका छन्।

जनकंग्रेसले उनीसँगै रि मान गोन, चोइ ह्वाइ, पाक थाइ दोक, थाइ होङ चोल र जोङ कियोङ पोलिटव्यूरोमा निर्वाचित भएका छन्।

जनकंग्रेसले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको समाजवादी संविधान संशोधन गर्ने प्रस्तावलाई अंगिकार गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ

सन् २०१६ मा गरिएको संविधान संशोधन अनुसार जनकंग्रेस राज्यको सर्वोच्च निकाय र एक सदनात्मक संसदको रुपमा रहेको छ। जनकंग्रेसमा उत्तर कोरियाका ६७८ क्षेत्रबाट पाँच वर्षका लागि एक जना उपप्रमुखहरु सहभागि हुन्छ।

स्टेट अफेयर्स कमिसनका अध्यक्ष देशको सर्वोच्च नेताको रुपमा रहन्छन्। गत मार्चमा जनंग्रेसका ६८७ प्रतिनिधि निर्वाचित भएका थिए।  



किम जोङ उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुन: निर्वाचित, किम जाइ रियोङ नयाँ प्रधानमन्त्री को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट