PahiloPost

Jun 16, 2019 | १ असार २०७६


सुडानमा 'कू' को नेतृत्व गरेका रक्षामन्त्रीद्वारा राजीनामा


सुडानमा 'कू' को नेतृत्व गरेका रक्षामन्त्रीद्वारा राजीनामा
फोटो:AFP

खार्तुम : सुडानका रक्षामन्त्री तथा सैन्य परिषदका प्रमुख अवाद इब्न अउफले राजीनामा दिएका छन्।

३० वर्षदेखि सुडानमा शासन गरिरहेका राष्ट्रपति ओमर अल बसिरलाई बिहीबार पदच्यूत गर्दै सेनाले दुई वर्षसम्म सैन्य परिषद्ले सरकार संचालन गर्ने घोषणा गरेको थियो।

तर, प्रदर्शनकारीहरूले सैन्य परिषद् बसारको सत्ताको हिस्सा रहेको भन्दै उक्त परिषद् विघटन गर्दै सत्ता जनतालाई सुम्पन माग गरे र कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गरेका थिए।

सेना विरुद्ध प्रदर्शन बढेपछि अउफले सहायक जनरल अबदेल फट्टाह अबदेलरहमान ब्रुहनलाई शक्ति हस्तान्तरण गर्दै राजीनामा दिएको बताइएको छ।

सुडानमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएकोप्रति असन्तुष्टि जनाउँदै गत डिसेम्बरबाट प्रदर्शन सुरु भएको थियो। प्रदर्शन चर्किँदै गएपछि उनीहरूले राष्ट्रपति बसिरको राजीनामा माग गर्दै आएका थिए।

गत आइतबार प्रदर्शनकारीहरूले खार्तुम शहरमा राष्ट्रपति निवास नजिकै रहेको सुडानी सेनाको मुख्यालय अगाडि प्रदर्शन गरेका थिए।

सेनाले आफ्नै मुख्यालय अगाडि प्रदर्शन हुँदा पनि प्रदशर्नकारीहरुको आन्दोलनमा हस्तक्षेप गरेको थिएन। सेनाले प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट प्रदर्शनकारीहरुलाई बचाउन भूमिका खेलेको थियो।

तर, सेनाले नै दुई वर्षसम्म सरकार चलाउने घोषणा गरेपछि सेनाको कदमको विरोध भएको हो। अउफले राजीनामा दिएपनि प्रदर्शनकारीहरुले सेनाले जनतालाई सत्ता हस्तान्तरण नगरेसम्म सडक नछोड्ने बताएका छन्।



सुडानमा 'कू' को नेतृत्व गरेका रक्षामन्त्रीद्वारा राजीनामा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट