PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

लुक्ला दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो, असई श्रेष्ठको उपचारकै क्रममा निधन



पहिलोपोस्ट

लुक्ला दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो, असई श्रेष्ठको उपचारकै क्रममा निधन

काठमाडौँः लुक्ला दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। उपचारका लागि ग्रान्डी अस्पतालमा पु¥याइएका नेपाल प्रहरीका असई रुद्र बहादुर श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो। 

अन्य तीन घाइतेको ग्रान्डीमा उपचार भइरहेको छ । मनाङ एयरका पाइलट चेत बहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पा र समिट एयरका पाइलट रवीन्द्र रोकायाको उपचार भइरहेको छ। 

यसअघि दुर्घटनामा दुई जनाको निधन भएको थियो। दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुङ्गाना र प्रहरीका असई राम बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो। 

टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो। दुर्घटनापछि विमानमा आगो लागेको थियो। 

लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell