PahiloPost

Apr 20, 2019 | ७ बैशाख २०७६

लुक्ला विमान दुर्घटना: विमानका चालक रोकाया उपचारपछि घर फर्किए, घटनाको छानबिन हुने


लुक्ला विमान दुर्घटना: विमानका चालक रोकाया उपचारपछि घर फर्किए, घटनाको छानबिन हुने

काठमाडौं: तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान आइतबार मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो।

दुर्घटनामा परी समिट एयरका को–पाइलट सुजित ढुङ्गाना, प्रहरीका असई राम बहादुर खड्का र अर्का असई रुद्र बहादुर श्रेष्ठको मृत्यु भएको हो। 

दुर्घटनमा घाइते भएका समिट एयरका मुख्य पाइलट रवीन्द्रबहादुर रोकाया, मनाङ एयरका पाइलट चेत बहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पालाई उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो।

घाइतेमध्ये समिट एअरका पाइलट रोकाया र शेर्पा सामान्य उपचारपछि घर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जनाएका छन्।

दुर्घटनाबारे गम्भीर छानबिन गरिने नेपाल नागरिक उड्ययन प्रधिकरणले जनाएको छ। छानबिनका लागि उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय आयोग गठन भएको छ।

आयोगका सदस्यमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रवीन्द्र डंगोल र सदस्य सचिवमा पर्यटन मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।



लुक्ला विमान दुर्घटना: विमानका चालक रोकाया उपचारपछि घर फर्किए, घटनाको छानबिन हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट