PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्वकपको लागि भारतको टिम घोषणा, को-को परे?



पहिलोपोस्ट

विश्वकपको लागि भारतको टिम घोषणा, को-को परे?

आगामी मे-जुन-जुलाईमा इंग्ल्याण्ड र वेल्समा हुने आइसीसी विश्वकपका लागि भातरको टोली घोषणा भएको छ। सोमवार मुम्बईमा विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो।

सेलेक्सन प्यानलका प्रमुख एमएसके प्रसाद र कप्तान विराट कोहलीको मुम्बईस्थित बिसिसिआई हेडक्वाटर पुगेर टोली घोषणा गरेका हुन्।

जसमा विकेटकिपर दिनेश कार्तिक र लोकेश राहुलले स्थान बनाउँदा युवा खेलाडी रिसव पन्त अनी अम्बाटी राएडु भने अटाएनन्। यस्तै रविन्द्र जडेजा र विजय शंकरले पनि १५ सदस्यीय टोलीमा स्थान बनाएका छन्।

११ खेलाडी विश्वकपको टोलीमा पर्ने लगभग पक्का भएको अवस्थामा बाँकी ४ स्थानका लागि ६ खेलाडी होडमा थिए। तर त्यसमा पन्त र राएडु भने विश्वकपको टिममा पर्न सकेनन्।

३० मे देखि जुलाई १४ सम्म हुने विश्वकपका लागि न्यूजिल्याण्डले यसअघि नै केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।

१२औँ संस्करणको विश्वकपमा आइसीसीको १० फूल मेम्बर सदस्य राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। सिंगल राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणमा कूल ४५ खेल हुनेछन्। त्यसपछि दुई सेमिफाइनल र एक फाइनल हुनेछ।

लिग चरणमा अंकतालिकामा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ।

 

१५ सदस्यीय टोली

विराट कोहली (कप्तान) रोहित शर्मा (उप-कप्तान), शिखर धवन, लोकेश राहुल, विजय शंकर, महेन्द्र सिंह धोनी विकेटकिपर, केदार जादव, दिनेश कार्तिक, युजभेन्द्र चावल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell