PahiloPost

Jun 16, 2019 | १ असार २०७६


लगन पुग्यो सेतो मच्छिन्द्रनाथको रथ, बुधबार जनबहा: फिर्ता लगिने


लगन पुग्यो सेतो मच्छिन्द्रनाथको रथ, बुधबार जनबहा: फिर्ता लगिने

काठमाडौं: सहकाल र करुणाका देवता जनमाद्य: (सेतो मच्छिन्द्रनाथ) को रथलाई लगन पुर्‍याइएको छ।

शनिबार तीनधारा पाठशालाबाट असन पुर्‍याइएको रथलाई आइतबार हनुमानढोका पुर्‍याइएको थियो। 

आज हनुमानढोकाबाट मरु, चिकंमुगल, मजिपात,जैशीदेवल, ज्याबहा: हुँदै रथलाई सेतो मच्छिन्द्रनाथको आमा अवलोकितेश्वर रहेको लगन पुर्‍याइएको हो।

लगनमा जीवित देवी कुमारीले रथ यात्रा अवलोकन गरेकी थिइन्। रथलाई आज लगन पुर्‍याएसँगै लगनवासीले घरबाट प्रसादका रुपमा चटामरी फालेका थिए। दुई दिनसम्म लगनमा विभिन्न भजन मण्डलीहरुलेे सांगीतिक प्रस्तुती दिने कार्यक्रमा रहेको छ।  

मंगलबार लगन चोकमा रहेको अवलोकितेश्वर मन्दिरमा रथलाई तीनपटक परिक्रमा गराइनेछ।

बुधबार मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर जनबहा: स्थित मन्दिरमा लगेपछि रथयात्रा समापन हुन्छ।



लगन पुग्यो सेतो मच्छिन्द्रनाथको रथ, बुधबार जनबहा: फिर्ता लगिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट