PahiloPost

Apr 20, 2019 | ७ बैशाख २०७६

२०१९ को पुलित्जर पुस्कार घोषणा, 'द क्यापिटल ग्याजेट'लाई विशेष अवार्ड


 २०१९ को पुलित्जर पुस्कार घोषणा, 'द क्यापिटल ग्याजेट'लाई विशेष अवार्ड
फोटो: The Pulitzer Medals (Columbia University)

वासिङटन्: २०१९ को पुलित्जर पुरस्कार घोषणा गरिएको छ।

पुलित्जर पुरस्कार पत्रकारहरुलाई प्रदान गरिने सबैभन्दा महत्त्वपूर्ण अवार्डका रुपमा लिइन्छ।

पब्लिक सर्भिस अवार्ड अन्तर्गत यस वर्ष साउथ फ्लोरिडा सन सेजटिनेललाई प्रदान गरिने भएको छ। उक्त संस्थाले फ्लोरिडाका विद्यालयमा भएको गोलीकाण्डमा विद्यालय र सुरक्षा अधिकारीहरुको कमजोरी रहेको खुलासा गरको थियो।

ब्रेकिङ न्यूज रिपोर्टिङ अन्तर्गतको पुरस्कार पिटर्सवर्गमा भएको हत्याकाण्डको रिपोर्टिङ गरेको पिटर्सवर्ग पोस्ट ग्याजेटलाई प्रदान गरिने भएको छ।

यस्तै, इन्भेस्टिगेटिभ रिपोर्टिङ अवार्ड भने लस एन्जलस टाइम्सका हर्यारेट राउन, म्याट हयामिल्टन र पउल प्रिंगलका प्रदान गरिने भएको छ। उनीहरुले युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्नियाका गाइनाकोलोजिस्टले ३० वर्षसम्म महिलालाई शोषण गरेको रिपोर्टिङ गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक कारोवारका बारे खुलासा गरेका द न्यूयोर्क टाइम्सका पत्रकार डेभिड ब्रासटो,सुस्यान क्याग र रस बट्नेरलाई प्रदान गरिने भएको छ।

लोकल रिपोर्टिङ अवार्ड भने अदालती कारवाहीमा भएको भेदभावका बारे रिपोर्टिङ गरेका द एडभोकेटका पत्रकारहरुलाई प्रदान गरिने बताइएको छ।

अमेरिकी राष्ट्रिपति ट्रम्पले आफूसँग रहेको सम्बन्ध लुकाउन महिलाहरुलाई रकम दिएको खुलासा गरेका द वाल स्ट्रिट जरनलका पत्रकारहरुलाई नेशनल अवार्ड प्रदान गरिनेछ।

इन्टरनेशनल अवार्ड भने दुई संस्थालाई प्रदान गरिने भएको छ।

यमन युद्धमा बाल सैनिक, कैदीबन्दीहरुलाई दिइने यातना र खाद्यान्नको चोरीका बारे रिपोर्टिङ गरेका एपीका म्यागी माइकल,माद एल जिक्री र नरिमान इल मुफतीलाई प्रदान गरिने भएको छ। यस्तै म्यानमारमा रोहिङ्ग्या मुस्लिमहरुको नरसंहार भएको रिपोर्टिङ गरेको कारण हाल जेलमा रहेका रोयटर्सका वा लोन, क्याउ सो उ  र उनीहरुको टोलीलाई पनि इन्टरनेशनल अवार्ड प्रदान गरिने भएको छ।

 ट्रम्प प्रशासनमा भएको उथलपुतल र झुट बारे कार्टुन बनाएका डयारिन बेललाई यस वर्षको इडिटोरियल कार्टुनको अवार्ड दिइनेछ।

फोटोग्राफी तर्फको दुई अवार्ड भने रोयटर्स र द वासिङटन पोस्टलाई प्रदान गरिने जनाइएको छ।

न्यूज रुम भित्र प्रवेश गरेर एक बन्दुकधारीले गोली चलाएर पाँच जनाको हत्या गरेपछि पनि समाचार प्रकाशन गरिरहेको द क्यापिटल ग्याजेटलाई यस वर्ष विशेष अवार्ड (स्पेशल साइटेसन) वार्ड प्रदान गरिने भएको छ।    



२०१९ को पुलित्जर पुस्कार घोषणा, 'द क्यापिटल ग्याजेट'लाई विशेष अवार्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट