PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्तद्वारा १० कार्ययोजना पेश: रिक्त सिटमा तत्काल निर्वाचनदेखि आयोगको पुनर्संरचनासम्म



बीपी साह

निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्तद्वारा १० कार्ययोजना पेश: रिक्त सिटमा तत्काल निर्वाचनदेखि आयोगको पुनर्संरचनासम्म
फाइल फोटो

काठमाडौं: निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया संघीय संसदको सुनुवाई समितिमा आफ्ना १० वटा कार्ययोजना पेश गरेका छन्। आज सिंहदरबारस्थित संघीय संसदीय सुनुवाइ समितिको हलमा थपलियाले आफू प्रमुख आयुक्त भएमा गरिने कामहरुको योजना पेश गरेका हुन्।

सुनुवाई समितिसामु थपलियाले रिक्त सिटमा तत्काल निर्वाचन गराउनेदेखि विदेशमा रहेका मतदातालाई मतदानमा सहभागी गराउनेसम्मका योजना पेश गरेका छन्। यसैगरी उनले उम्मेदवारलाई सार्वजनिक कोषबाट निर्वाचन खर्च उपलब्ध गराउन सके निर्वाचन कम खर्चिलो हुने धारणा राखे। 

त्यसैगरी उनले प्रस्तुति क्रममा मतदाताको नामावलीदेखि अद्यावधिक अनलाइनबाटै गर्न सकिने प्रस्तावसमेत पेश गरेका छन् भने निर्वाचन सामग्री प्रदेश र स्थानीय तहले नै तयार पार्नुपर्ने व्यवस्था गर्नसमेत सुझाएका छन्।

यी हुन् थपलियाले पेश गरेका कार्ययोजना

१ निर्वाचन आयोगको पुनसंरचना गरी स्थानीय तहसम्म संरचना विस्तार गर्ने।
२ खाली रहेको सिटमा तत्काल निर्वाचन गर्ने गराउने।
३ निर्वाचन कानुनको पुनरावोलकन गर्ने।
४ सूचना प्रविधिको विस्तार गरी निर्वाचनलाई सुचना प्रविधिमैत्री बनाउन।
५ आर्थिक मितव्यिता अपनाउने।
६ मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्रलाई एकीकृत गर्न पहल गर्ने।
७ मतदाता शिक्षा पाठ्यक्रममा लग्ने।
८ राजनीतिक दलका कार्यकर्ता नेताहरुको स्थानीयसम्म सूची तयार गर्ने।
९ संविधान बमोजिम स्थानीय तहदेखि प्रदेशसम्मको सहयोग लिने।
१० विदेशमा रहेका मतदाताहरुको मतदानमा सहभागी गराउने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell