PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सर्वोच्च अदालतमा प्रस्तावित पाँचै जनाको नाम सुनुवाई समितिबाट अनुमोदन



पहिलोपोस्ट

सर्वोच्च अदालतमा प्रस्तावित पाँचै जनाको नाम सुनुवाई समितिबाट अनुमोदन
फाइल फोटो

काठमाडौं : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतमा प्रस्तावित पाँचै जना न्यायाधीशको अनुमोदन गरेको छ।

प्रकाश ढुंगाना, हरि फुयाँल, सुष्मलता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम सर्वोच्च अदालतका न्यायाधीशका लागि समितिले अनुमोदन गरेको हो।

उनीहरुमाथि पाँचवटा उजुरी परेका थिए। सिफारिसमा परेका सुष्मलाता माथेमा र कुमार रेग्मीविरुद्ध भने उजुरी परेको थिएन। त्यसबाहेकका अन्यको नाममा उजुरी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell