PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकदुको पहिलो कीर्तिमान चन्द्रकलाको नाममा, एथलेटिक्स सय मिटर दौडमा आशिस र सरस्वतीलाई स्वर्ण



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकदुको पहिलो कीर्तिमान चन्द्रकलाको नाममा, एथलेटिक्स सय मिटर दौडमा आशिस र सरस्वतीलाई स्वर्ण

दाङ : आठौं राष्ट्रिय खेलकूदअन्तर्गत बिहीबारदेखि दाङको बेलझुण्डीमा एथ्लेटिक्सका स्पर्धाहरु सुरु भएको छ। एक सय  मिटर दौडमा महिलातर्फ नेपाल आर्मीको सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छिन्। उनले १२ मिनेट १९ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन्। यसैगरी प्रदेश पाँचकी जयरानी चौधरीले रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरीले कास्य पदक जित्न सफल भइन्।

एक सय मिटर पुरुष दौडमा एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते। उनले ११ सेकण्डमा दूरी पुरा गरे। कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यमसाजन सुनार ११ दशमलब १० सेकेण्डका साथ रजत पदक जित्दा आर्मीका आनन्द देव चौधरी ११ दशमलब १५ सेकेण्डका साथ कास्य पदक हात पार्न सफल भए।

१० हजार मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जित्न सफल भइन्। दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पँछाईसँग समय भने समान रहेको थियो। विश्वरुपाको टाइमिङ ३७ मिनेट ३० दशमलब ९ सेकेण्ड रहेको थियो।

यस्तै प्रदेश तीन की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलब ६ सेकेण्डका साथ कास्य पदक जितिन्।

१० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन्। उनले ३१ मिनेट ०३ दशमलब १ सेकेण्डमा दूरी पुरा गरेका छन्। गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलब ८ सेकेण्डका साथ रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८  दशमलब ३ सेकेण्डका साथ कास्य पदक जिते।

सटपुट तर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जितेका छन्। उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते। यसैगरी आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन्।

त्यस्तै महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले कीर्तिमानी स्वर्ण पदक जितिन्। उनले १२.०४ मिटरका साथ उनले स्वर्ण पदक जित्दा नयाँ रकेर्ड बनाइन्। उनले इटहरीमा भएको राखेप च्याम्पियनसिप बनाएको ११ मिटर ५६ सेन्टिमिटरको कीर्तिमानमा सुधार गरेकी हुन्।

यसैगरी प्रदेश पाँचकी संगीता अधिकारी १० मिटर १५ सेन्टिमिटरका साथ रजत पदक जित्दा नेपाल पुलिसकी बसन्ती चौधरीले १० मिटर ०५ सेन्टिमिटरका साथ कास्य पदक जितिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell