PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पुरुष क्रिकेट : एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी



पहिलोपोस्ट

पुरुष क्रिकेट : एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी

भैरहवा : आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष  टि २० क्रिकेटतर्फ भैरहवामा बिहीबार सम्पन्न समूह ए को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। एपीएफले प्रदेश पाँचलाई ५ विकेटले पराजित गर्दै लगातार २ खेलमा जित हात पार्दै समूहमा मजबुत बनेको छ। सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३१ रनले हराएको छ।

जितका लागि प्रदेश पाँचबाट पाएको ९१ रनको लक्ष्य एपीएफले १८.१ ओभरमा ५ विकेट गुमाई पुरा गर्यो। जसमा शंकर रानाले ३१ बलको सामना गर्दै ४ चौकाको मद्दतमा नटआउट ३२ रन बनाए। यस्तै, प्रदीप ऐरीले २३ तथा अमरसिंह रौतेलले नटआउट ११ रन बनाए। बलिङमा प्रदेश पाँचका विक्रम भुसाल, संदीप सुनारले २–२ र कृष्ण कार्कीले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश पाँचले निर्धारित खेलमा ८ विकेट क्षतिमा ९० रन बनाएको थियो। जसमा जसमा संदीप सुनारले २६, अनुपम सिंहले १५ र सिद्धान्तराज शाहीले १४ रन बनाए। बलिङमा एपीएफका बसन्त रेग्मीले ३, शरद भेष्वाकर, भुवन कार्कि, अभिनास बोहरा र यज्ञमान कुमालले समान १–१ विकेट लिए। एपीएफका बसन्त रेग्मी म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा ४ विकेटको क्षतिमा सुदूरपश्चिम प्रदेशले १ सय २२ रन बनायो। उसका लागि खडक बोहोराले ५ चौकाको मद्दतमा ३६ रन बनाए। यस्तै, लोकेश बमले २१ तथा अरुण ऐरीले नटआउट १९ रन बनाए। बलिङमा गण्डकी प्रदेशका किशोर महतले ४ ओभरमा १ मेर्डन राख्दै ३० रन खर्चेर १ विकेट लिए। यस्तै, विपिन खत्री र विशाल पौडेलले पनि १–१ विकेट लिए।

उता जितका लागी पाएको १२३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले १९.१ ओभरमा सबै विकेट गुमाई ९१ रन मात्रै बनायो। उसका लागि करण केसीले ३५ र अनिल गुरुङले १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंग जोड्न सकेनन्। बलिङमा म्यन अफ द म्याच समेत रहेका सुदूरपश्चिमका महेश अधिकारीले ४ ओभरमा २ मेर्डन राख्दै ११ रन खर्चेर ४ विकेट लिए। यस्तै अरुण ऐरीले २ तथा विकाश अगारी र नरेन्द्र साउदले समान १–१ विकेट लिए। शुक्रबार नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश र प्रदेश पाँच बिच हुने क्रिकेट प्रतियोगिता ब्यबस्थापन समितिका संयोजक तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell