PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पुरुष फुटबल : नेपाल पुलिसको जित



पहिलोपोस्ट

पुरुष फुटबल : नेपाल पुलिसको जित

बुटवल : आठौ राष्ट्रिय प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा विभागिय टिम नेपाल पुलिसले जित निकालेको छ। पुलिसले सुदूरपश्चिमलाई ३–० गोलले पाखा लगाउदै स्पष्ट ३ अंक आफनो खातामा जोड्न सफल भएको हो। यसैगरि अर्को खेलमा कर्णाली प्रदेश र प्रदेश नं. २ ले बराबरी खेल्दै १–१ अंक बाँडेका छन। कर्णाली प्रदेश र प्रदेश नं. २ बिचको खेल ४–४ गोलको बराबरीमा टुंगिएको थियो।

देविनगरस्थित एन्फा एकेडेमी खेल मैदानमा भएको रोमाञ्चक खेलमा पुलिसको जितमा भरत शाह र रबि पासवानले गोल गरेका थिए । खेलको २५ औ मिनेटमा सुदूरपश्चिम प्रदेशका गोलकिपर टिकेन्द्र थापाले डिबक्सबाहिर आएर बल हातले क्लियर गरेपछि रातो कार्ड पाए । उनको ठाउँमा अर्का गोलकिपर अमानत शेख मैदान प्रवेश गरे भने जिवन चौधरी मैदान छोडे । योसंगै सुदूरपश्चिम १० खेलाडीमा सिमित भयो । खेलको ३६ औ मिनेटमा पुलिसका भरत शाहले गोल गर्दै खाता खोले । पुलिसले पहिलो हाफमा पाएको आधा दर्जन बढी अवसर गोल हुनबाट चुकेको थियो । पहिलो हाफ १ गोल खाएको सुदूरपश्चिमाञ्चल दोस्रो हाफमा थप दुई गोल खाएको थियो । खेलको ६० औ मिनेटमा रबि पासवानले डिबक्स बाहिरबाट गरेको प्रहार जाली चुमेको थियो । खेलको अन्तिम समयमा पुलिसका डिफेन्डर सन्तोष हेमरुनले थप गोल गरे।

यसैगरि बिहीबार भएको दोस्रो खेलमा कर्णालीका खगेन्द्र खत्रीले खेलको छैटौ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । तर खेलको २६ औ मिनेटमा प्रदेश २ का सुनिल राउत कुर्मीले बराबरी गोल गरे । कर्णालीका डिफेन्डरलाई छकाउंदै कुर्मीले गोल गरेका थिए । खेलको ३७ औ मिनेटमा कर्णालीका भुपेन्द्र शाहीले गोल गर्दै खेलमा पुनः अग्रता लिए । तर यो अग्रता धेरै बेर टिक्न सकेन खेलको ४१ औ मिनेटमा प्रदेश २ का निर बहादुर आलेले गोल गर्दै खेल बराबरीमा ल्याए । रोमाञ्चल खेलमा लगातार गोल हुदै गयो । कर्णालीका भुपेन्द्र शाहीले खेलको ४७ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । यसैगरि ५३ औ मिनेटमा सुरज शाहीले गोल गरेका थिए । भने प्रदेश नं. २ का सुनिल कुमार राउतले खेलको ५० औ मिनेट तथा गंगा बहादुर आलेले खेलको ६१ मिनेट गोल गरेका थिए ।

शुक्रबार विहान नेपाली आर्मीको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबका बिचमा तथा दोस्रो खेल सुदूरपश्चिमाञ्चलले तेस्रो खेलमा प्रदेश नं. २ सँग सामना गर्नेछ।

राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा सहभागि १० टिममध्ये रुपन्देहीमा समूह ‘ख’ का ५ टिमका बिचमा लिग चरणका खेलहरु भैरहेका छन। जसमा सुदूरपश्चिमाञ्चल, प्रदेश नं. २, कर्णाली प्रदेश, नेपाल पुलिस, नेपाल आर्मी छन्। समूह ‘ख’ बाट उत्कृष्ट दुई टिम अन्तिम चारमा प्रवेश गर्ने छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell