PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भलिबल : एपीएफको दुवै टोली विजयी, आर्मीको पुनरागमन जित



पहिलोपोस्ट

भलिबल : एपीएफको दुवै टोली विजयी, आर्मीको पुनरागमन जित

नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय टोली एपीएफको महिला र पुरुष दुवै टिमले जित हात पारेका छन्।

महिलातर्फ एपीएफले प्रदेश नम्बर ४ लाई तथा पुरुषतर्फ प्रदेश ५ लाई समान ३-० को सेटमा पराजित गर्‍यो।

खजुरास्थित भलिबल एकेडेमीमा भएको खेलमा एपीएफको महिला टोलीले प्रदेश १ लाई २५-४, २५-९, २५-१० को सेटमा हरायो। यस्तै एपीएफको पुरुष टिमले प्रदेश ५ लाई २५-८, २५-२१, २५-२१ ले हरायो।

पुरुषतर्फकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले पहिलो सेट गुमाएपनि गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्‍यो।

पहिलो सेट २२-२५ ले गुमाएको आर्मीले त्यसपछि गण्डकीलाई २५-१८, २५-२१, २५-१४ ले पराजित गर्‍यो।

महिलातर्फको अर्को खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर २ लाई २५-९,२५-७, २५-१३ ले हरायो।

शुक्रबारै दिउँसो महिलातर्फ सुदूरपश्चिम र नेपाल पुलिस तथा गण्डकी र कर्णाली प्रदेशबीच खेल हुनेछ। यस्तै पुरुषतर्फ सुदूरपश्चिम र नेपाल पुलिस तथा कर्णाली र प्रदेश ३ बीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell