PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पुरुष फुटबल : एपीएफले दुई गोलको अग्रता जोगाउन सकेन, प्रदेश ५ सँग पराजित



पहिलोपोस्ट

पुरुष फुटबल : एपीएफले दुई गोलको अग्रता जोगाउन सकेन, प्रदेश ५ सँग पराजित

नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ पराजित भएको छ।

पुरुष फुटबल अन्तर्गत समूह ए को खेलमा प्रदेश नम्बर ५ ले एपीएफलाई ३-२ ले पराजित गरेको हो। खजुरास्थित डी गाउमा शुक्रबार भएको खेलमा एपीएफले २-० को अग्रता लिएपनि जोगाउन सकेन भने प्रदेश ५ ले उत्कृष्ट पुनरागमन गर्‍यो।

प्रदेश ५ लाई जित दिलाउन पुर्ण बहादुर गुरुङ, विवेक पुन र सज्जु सेनले १-१ गोल गरे। यस्तै एपीएफका लागि आशिष लामा र प्रदिप लामाले गोल गरे।

खेलमा एपीएफले १८औँ मिनेटको आशिषको गोल मार्फत अग्रता लिएको थियो। यस्तै २६औँ मिनेटमा प्रदिपले गोल गर्दै एपीएफले अग्रता दोब्बर पार्‍यो।

तर दुई गोलले पछि परेको प्रदेश ५ ले तीन गोल फर्काउँदै जित हात पार्‍यो।

प्रदेश ५ का लागि पहिलो हाफको इन्जुरी टाइममा पुर्ण बहादुरले पहिलो गोल गर्दै गोलअन्तर कम पारे। यस्तै ४३औँ मिनेटमा विवेकले गोल गर्दै खेल बराबरी गरे।

खेलको ७६ औँ मिनेटमा सन्जुले गोल गर्दै प्रदेश ५ लाई जित दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell