PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्याडमिन्टन : प्रिन्सलाई हराउँदै रत्नजित फाइनलमा, एपीएफका दुवै जोडी मिश्रित युगलको फाइनलमा



पहिलोपोस्ट

ब्याडमिन्टन : प्रिन्सलाई हराउँदै रत्नजित फाइनलमा, एपीएफका दुवै जोडी मिश्रित युगलको फाइनलमा

दाङ : नेपाल एपीएफका दुवै जोडी आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा फाईनल प्रवेश गरेका छन्। एपीएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाईनल प्रवेश गर्न सफल भएका हुन्।

श्रेष्ठ र धामीको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६-२१, २१-९,२१-११ ले तथा गुरुङ र कठायतको जोडीले सेनाकै अनुमाया राई र रत्नजित तामाङको जोडीमाथि १०-२१, २१-१९, २१-१७ को जित हात पार्दै अल एपीएफ उपाधी भिडन्त पक्का गरे।

यस्तै पुरुष एकलतर्फ पुरानै प्रतिद्वन्दी उपाधीका लागि भिडन्त हुने भएको छ। सेनाका रत्नजित तामाङले टिम प्रतिस्पर्धाको पुरुष एकलमा भएको लज्जास्पद हारको बदला लिंदै सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाललाई २१-११, २१-९ को सहज जित निकाल्दै आफ्नो उपाधी जोगाउने क्रममा चिरपरिचित प्रतिद्वन्दि एपीएफका दिपेश धामीसंग प्रतिस्पर्धा गर्ने भएका छन्। टिम प्रतिस्पर्धाको पुरुष एकलमा प्रिन्सले रत्नलाई माथ दिएका थिए। दिपेशले प्रदेश एक का पूर्व नम्बर १ खेलाडी विकास श्रेष्ठलाई २१-११, २१-१५ ले पाखा लगाए।

दाङको घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलको फाईनलमा सेनाका दुवै खेलाडी नङ्शल देवी तामाङ्ख र रशिला महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो सेमिफाईनलमा नङ्शलले प्रदेश १ की सिता राईलाई २१-१७, २१-९ ले र रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१-१७, २१-१८ ले हराए।

पुरुष जोडीतर्फ एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले एपीएफका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१-१३, २१-१२ ले पराजित गर्दै सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीसंग भिडन्त पक्का गरे। तामाङ र श्रेष्ठको जोडीले सेनाकै पविन लिनथेप र रुकेश महर्जनको जोडीलाई २१-११, २१-१९ ले पराजित गरे।

यसै गरि महिला युगलतर्फ पनि सेना र एपिएफकै भिडन्त हुने भएको छ। सेनाका नङ्शल देवी तामाङ र अनुमायाको जोडीले प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडी माथि २१-१२, २१-१८ को जित निकाल्दै फाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङसंगको भेट पक्का गरेका हुन्। पुजा र जेशिकाको जोडीले सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१-१६, २१-१८ ले हराए।

प्रतियोगिताको फाईनल शनिबार बिहान ८ बजे पुरुष एकलको प्रतिस्पर्धाबाट सुरु हुने प्रतियोगिता रेफ्रि किरण गोपाल कारञ्जितले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell