PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्याडमिन्टन : रत्नजितको दबदबा तोड्दै दिपेशले जिते स्वर्ण



पहिलोपोस्ट

दाङ : नेपालको नम्बर वान ब्याडमिन्टन खेलाडी रत्नजितको दबदबा तोड्दै दोस्रो वरीयताका दिपेश धामीले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष एकलमा स्वर्ण जितेका छन्।

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपीएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन्। दाङको घोराहीस्थित कभर्डहलमा शनिवार भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१-१६, २१-१४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन्।

विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो वर्चस्व बनाएका रत्नजित एपीएफका दीपेश धामीसंग पराजित भएका हुन्। २०६९ सालमा काठमाण्डौमा भएको ३६औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन। तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए। यसै प्रतियोगिता अन्तर्गत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए।

दिपेशले यस अघि रत्नजित तामाङ्खलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell