PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राप्रपाको ८ गतेको सत्याग्रह स्थगित, दोस्रो चरणको संघर्षको तयारी तीब्र



पहिलोपोस्ट

राप्रपाको ८ गतेको सत्याग्रह स्थगित, दोस्रो चरणको संघर्षको तयारी तीब्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनका लागि बहस सुरु गरेको छ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, मुल्य वृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग राखी राप्रपाले पहिलो चरणको जनसंघर्ष शुरु गरेको थियो।

आजको बैठकले पहिलो चरणको आन्दोलनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ। साथै पहिलो चरणको प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेप र धरपकडको भर्त्सना गरेको छ। राप्रपाले उठाएका मागहरूका सम्बन्धमा गम्भिर बन्न तथा दमन र हस्तक्षेपबाट नभइ वार्ता, सम्बाद र सहमतिका आधारमा सम्बोधन गर्न राप्रपा सरकारसँग आग्रह समे गरेको छ।

दोश्रो चरणको कार्यक्रम प्रभावकारी बनाउन संघर्षको मोडल र कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा. धवल शम्शेर, भाष्कर भद्रा, प्रदेश नं.३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको छ।

पूर्व घोषित वैसाख ८ गते हुने भनिएको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरिएको छ। यो कार्यक्रम दोश्रो चरणको संर्घषमा समावेश गरिने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell