PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भलिबल : विभागीय भिडन्तमा एपीएफमाथि पुलिसको रोमाञ्चक जित



गोविन्दराज नेपाल

भलिबल : विभागीय भिडन्तमा एपीएफमाथि पुलिसको रोमाञ्चक जित

खजुरा (बाँके) : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिसले एपीएफमाथि रोमाञ्चक जित हात पारेको छ।

बाँकेको खजुरास्थित भलिबल कोर्टमा भइरहेको भलिबल अन्तर्गत पुरुष भलिबलमा पुलिसले एपीएफ विरुद्धको खेल ३-२ को सेट जितेको हो।

पहिलो सेट गुमाएको पुलिसले दोस्रो, तेस्रो र पाँचौ सेट जित्दै खेल जितेको हो। पहिलो सेट एपीएफले २५-२१ ले जित्दै अग्रता बनाएको थियो।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट पुलिसेल ३१-२९ ले जित्दै खेल १-१ को बराबरी गर्‍यो।

तेस्रो सेटमा ४-० ले पछि परेपनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै लगतार ९ अंक ल्याएर ९-४ को अग्रता बनाएको थियो। त्यसपछि अग्रता कायम राख्दै उक्त सेट २५-१८ ले सहजै जित्दै पुलिसले २-१ को अग्रता बनायो। चौथो सेटमा पुनरागमन गर्दै एपीएफले २५ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्‍यो। निर्णायक तथा पाँचौ सेट पनि टाइब्रेकरमा १६-१४ ले जित्दै पुलिसले खेल जितेको हो।

समूह ख मा लगातार तेस्रो जित हात पारेको पुलिसले एपीएफ विरुद्ध भने पाँच सेंट खेलेकाले २ अंक मात्र जोड्न सफल भयो। यस्तै पराजित एपीएफले पनि १ अंक जोड्यो। तीन खेलपछि पुलिस ८ अंकसहित समूह बी को शीर्ष स्थानमा छ भने एपीएफ ७ अंकसहित दोस्रो स्थानमा छ।

यस्तै शनिवार बिहान भएको समूह ए को खेलमा कर्णाली प्रदेशले प्रदेश नम्बर २ लाई ३-२ को सेटमा पराजित गरेको छ।

पहिलो र दोस्रो सेट गुमाएरपनि उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका लगातार तीन सेट जितेर कर्णाली प्रदेशले खेल जितेको हो। पहिलो सेट २५-२३ ले जितेको प्रदेश २ ले दोस्रो सेट टाइब्रेकरमा ३५-३३ ले जितेको थियो। २-को अग्रता बनाएको प्रदेश २ ले त्यसप५ भने लगातार तीन सेट गुमायो। पुनरागमन गर्दै जित हात पार्ने क्रममा कर्णाली प्रदेशले तेस्रो र चौथो सेट समान २५-१८ ले जित्दै खेल बराबरी गर्‍यो भने अन्तिम सेट १५-० ले जित्दै खेल जितेको हो।

जितपछि कर्णालीले २ र प्रदेश २ ले १ अंक प्राप्त गरे। यस्तै बिहानै भएको समूह ख को खेलमा प्रदेश १ ले प्रदेश ५ लाई ३-१ को सेटमा हरायो।

प्रदेश १ ले खेल २५-१४,१७-२५, २५-१८, २५-१२ ले जितेको हो।

 

महिला भलिबलमा एपीएफ र प्रदेश ३ विजयी

यसैगरी खजुरामै भइरहेको महिला भलिबलमा शनिवार विभागीय टोली एपीएफ र प्रदेश ३ ले जित हात पारेका छन्। समूह क अन्तर्गतको खेलमा एपीएफले प्रदेश ३ लाई ३-० को सेटमा हरायो। एपीएफले खेल २५-८, २५-१०, २५-१९ ले जितेको हो। यस्तै प्रदेश ३ ले त्रिभुवन आर्मीलाई २५-२०, २५-२१, २५-१० ले हरायो।

यस्तै बिहान भएको खेलमा कर्णाली प्रदेशले प्रदेश २ लाई ३-१ को सेटमा हरायो भने प्रदेश १ ले सुदूरप्शिचमलाई ३-२ को सेटमा पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell